काठमाडौँ । ओली सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ ।
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साउन ३ गते सो अध्यादेश खारेज गर्नुभएको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभए पनि बैठक बस्न मिल्ने र संवैधानिक निकायमा नियुक्ती गर्न मिल्ने गरी केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो ।
तर नयाँ सरकार गठन भएपछि ओली सरकारले जारी गरेको अध्यादेश खारेज गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
