• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गण्डकी प्रदेशको साहित्यबारे प्रलेसको छयालिसौँ परिसंवाद


  •   शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । गण्डकी प्रदेशको साहित्यको बारेमा प्रगतिशील लेखक सङ्घ, नेपालले छयालियौँ परिसंवाद सम्पन्न गरेको छ ।

    Advertisement

    प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा “गण्डकी प्रदेशको साहित्य : विगत र वर्तमान” विषयक उक्त कार्यक्रम भर्चुअल माध्यमबाट २०७८ साउन १ गते सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्र्दै प्रलेसका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका डा. कृष्णराज अधिकारीले गण्डकी प्रदेश साहित्यका लागि उर्वरभूमि रहेको बताउनुभयो ।

    गण्डकी प्रदेशमा ८८ भाषा रहेकोमा ६३ भाषा सङ्कटापन्न अवस्थामा रहेको बताउँदै उहाँले प्रदेशमा नेपालीका साथै गुरुङ, मगर र नेवारी भाषामा समेत साहित्य रचना गरिएको बताउनुभयो ।

    पृथ्वीनारायण शाहकालमै शक्तिवल्लभ, उदयानन्द अर्याल, वीरशाली पन्तजस्ता साहित्यकार गण्डकी प्रदेशमा सक्रिय रहेको उहाँको भनाइ थियो ।

    त्यसपछिको समयमा भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, गोकुल जोशी, धर्मराज थापा, भूमि शेरचन, मुक्तिनाथ शर्माजस्ता साहित्यकारले गण्डकी प्रदेशलाई उजिल्याएको बताउनुभयो ।

    अर्कातर्फ, लोकसाहित्यको क्षेत्रमा देहरादुन क्षेत्रबाट गोरा श्रीस, मनवीर खत्रीलगायतले नेपालमा झ्याउरे गीतसङ्गीत भिœयाएको दावी गर्नुभयो ।

    प्रगतिशील कलाको क्षेत्रमा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक अभियानले महŒवपूर्ण भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो ।

    उहाँले त्यसैगरी अली मिया, हरिदेवी कोइराला, पदमराज ढकालसहित थुप्रै सांस्कृतिक सङ्गठनको पनि गण्डकी प्रदेशमा कलाको विकासका लागि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    अन्यत्र जस्तै गण्डकी प्रदेशमा पनि यथास्थितिवादी र परिवर्तनकारी दुई खाले प्रवृत्ति विद्यमान रहेको बताउनुभयो ।

    विषयवस्तु प्रस्तुत गर्ने क्रममा उहाँले देशमा पटक–पटक कम्युनिस्ट सरकार सञ्चालन भए पनि प्रगतिशील साहित्यको प्रवद्र्धनका लागि ठोस काम हुन नसकेकोमा असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

    सो क्रममा उहाँले प्रलेससम्बद्ध लेखकमा परम्परागत तथा यथास्थितिवादी चिन्तन समाप्त गर्नुपर्ने, अध्ययनशीलता बढाउँदै जाने, सांस्कृतिक रूपान्तरणसित सम्बन्धित कार्यक्रममा बढी ध्यान केन्द्रित गर्नुपर्ने, प्रलेसका सदस्य आफ्नै सङ्गठनको विकासमा बढी सक्रिय हुनुपर्ने तथा स्वतन्त्र र वामपन्थी लेखकलाई प्रलेसले समेट्नुपर्ने जस्ता सुझाव प्रलेसलाई दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रलेस अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीले प्रगतिशील लेखक सङ्घ इतिहास लेखनप्रति गम्भीर भएको बताउनुभयो ।

    कोरोना महामारीको प्रतिकूल परिस्थितिका कारणले इतिहास लेखन र प्रकाशन कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उहाँले ठम्याउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले साहित्य क्षेत्रको सबैका राम्रा काम लिपिबद्ध गर्नुपर्ने आवश्यकतामा जोड दिँदै पछि बिग्रिएका स्रष्टाका पनि नबिग्रिँदासम्मको राम्रो कामसमेतलाई लिपिबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन महासचिव समीर सिंहले गर्नुभएको थियो ।

    कार्यक्रममा लक्ष्मीशरण अधिकारी, डम्बर पहाडी, भूमिराज बस्ताकोटी, षडानन्द पौडेल, डा. पशुपतिनाथ तिमल्सेना, यदुनन्दन उपाध्याय, कल्पना न्यौपाने र पूर्णदेवी न्यौपानेले पूरक मन्तव्य राख्नुभएको थियो ।

    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.