नेपालगञ्ज । आदिकवि भानुभक्त आचार्यको २०८औँ: जन्मजयन्तीको अवसरमा भर्चुअल माध्यमबाट “सिर्जना र भानु विमर्श” कार्यकम मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद प्राडा टङ्कप्रसाद न्यौपाने, विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु, महासचिव सुनिता राई, अतिथि ऋषिराम सापकोटा र चरित्रा शाहले आदिकवि भानुभक्त आचार्यको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
विनेसाम नेपाल शाखाका वरिष्ठ उपाध्यक्ष केबी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भानुभक्तको सम्झनामा लेखप्रसाद प्याकुरेल, इन्दिरा गौतम, नाज सिंह, बोधराज प्याकुरेल, सीता विष्ट कार्की, केशु पोख्रेल खनाल, कृष्णप्रसाद कार्की, मुना सिग्देल, विमला शर्मा ढुङ्गाना, सुमित्रा आचार्यलगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालभित्र र बाहिरका साहित्यकारबाट रचना वाचन गर्नुका साथै भानुभक्तको बारेमा धारणा प्रस्तुत गरिएको थियो ।
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विनेसाम नेपाल शाखाकी महासचिव अम्बिका याम्फु अनमोलले गर्नुभएको थियो ।