• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बालक र प्रकृति


  •   मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    कति राम्रो प्रकृति तिमी सुन्दर कृति ।
    त्यै कृतिले लाउनुपर्छ संसारमा प्रति ।।
    प्रकृति फूल तिमी कृति सुन्दर प्रकृति ।
    सुन्दर प्रकृतिका तिमी संसारका कृति ।।

    Advertisement

    तिम्रो मनभन्दा राम्रो फूल कहाँ होला ।
    सफा मन पढाउने तिमी पाठशाला ।।
    पाठ साह्रै सफा छन् मैलो नलागेका ।
    कति राम्रो दिमाग छन् दैलो नलागेका ।।

    त्यही पाठ संसारले पढे राम्रो हुन्छ ।
    सुन्दर हाम्रो सफा संसार त्यहीँबाट बन्छ ।।
    साना देख्छौँ सानै छन् नानी कलिला ।
    सफा मनका सुन्दर संसार साह्रै दरिला ।।

    त्यहीबाट सिकी जाने झिक्नुपर्छ रस ।
    त्यै रसको आन्नदमा आउ मानव बस ।।
    सम्पत्तिको टन्टा छैन कमाइ थुप्रो लाउने ।
    प्रकृतिको दिल छ त्यहाँ आनन्द मन गाउने ।।

    सम्पत्तिको दोष छैन निर्मल मलमल मन ।
    सम्पत्तिले साँधसीमा नलाएको मन ।।
    त्यो मनका जति पाना पल्टाऊँ छैन दोष ।
    हुनुपर्छ हाम्रो संसार त्यै मन हो ठोस ।।

    कति सत्य साँचो हुन्छ बालकको मन ।
    अमर संसार त्यही हुन्छ कञ्चन सफा मन ।।
    प्रकृतिले ढाँट झुट सिकाएको छैन ।
    सम्पत्तिको अभावमा तड्पिएको छैन ।।

    हाम्रो मन निकालेर तिम्रो राख्न पाए ।
    आनन्दको जितको गीत त्यै मनको गाए ।।
    वसन्तको राजजस्तो लाग्छ तिम्रो मन ।
    भोलि भन्दै थुप्रो लाउने छैन तिम्रो मन ।।

    डाह रिस भर्ने इगो जगाइदिने हामी ।
    तिम्रो मनमा संसारलाइ त्रास हाल्ने हामी ।।
    तिम्रो बाटो हिँडाउने हो हाम्रो संसारलाई ।
    तिम्रो विचारबाट मेट्छौँ हाम्रो खराबीलाई ।।

    मनका खराबीलाइ पनि अब निकाल्ने हो ।
    यति राम्रो मन हुने तिम्लाई पढाउने हो ।।
    हाम्रो बाटो सही छैन तिम्रै बाटो आयौँ ।
    नयाँ नयाँ भावनाका नयाँ गीत गायौँ ।।

    कल्पनाको लहडमा दौडिएको हैन ।
    कल्पनाको भाव नदीमा पौडिएको हैन ।।
    मित्रताको पवित्र छ संसारको चित्र ।
    तिम्रो भावमा को पराइ देखिएन चित्र ।।

    दोषमुक्त मन तिम्रो संसारले माग्यो ।
    समीमता र ममताको हृदयले जाग्यो ।।
    मानिसमा फाटो ल्याउने तत्त्व चिन्नुपर्यो ।
    किन राख्ने संसारबाट मिल्काइदिनुपर्यो ।।

    मानवताको घाम डाक्ने तिमी बिहानी हो ।
    सङ्लो मानव सभ्यताको तिमी सृजना हो ।।
    रिसबाट कैले मनको बिसाउँछौ बोझ ।
    संसारका आसा तिमी असल बाटो रोझ ।।

    तिमीसँग कञ्चन मन छ विकृतिले खाला ।
    विकृतिलाइ फाल्ने मनको मान्छे कैले आउला ।।
    हट्नुहुन्न आट्नुपर्छ सुन्दर छ संसार ।
    हाम्रो प्यारो संसारमा गर चमत्कार ।।

    साना नानी कति ज्ञानी सुन्दर भावनाका ।
    फक्रिएका थुङ्गाहरू हाम्रो चाहनाका ।।
    हुनुपर्छ मानिसमा सबै बराबरी ।
    संसारले बाँचेको छ तिम्रो सपनाभरि ।।

    साना मान्छे सफा मनका ठुलो संसारका ।
    सफलताको डुङ्गा चालक नदीकिनाराका ।।
    कलमलाई गल्ती बाटोतिर नलगिजाऊ ।
    सफा तिम्रो विचारलाइ खल्ती नदेखाऊ ।।

    साना नानी सफा मनका कति मिठो माया ।
    यति मिठो माया हुने सानो सानो काया ।।
    सानो काया हुर्किएर साह्रै राम्रो होला ।
    नयाँ नयाँ सृजनाले के के दिन्छन् होला ।।

    साना नानी मनमा कालो बस्न दिनुहुन्न ।
    मानिसलाई होच्याउने हेप्ने गर्नुहुन्न ।।
    खराबीलाई पन्छाएर राम्रो लिनुपर्छ ।
    थोरै हैन संसारमा धेरै बाँच्नुपर्छ ।।

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.