तेजविलास ##
(१)
यतिविधि धेरै प्रष्ट हुनुहुन्छ
कसले भन्यो भ्रष्ट हुनुहुन्छ
अरू लुकाउछन् मनका कुरा
गाली सायर छरपस्ट हुनुहुन्छ ।
Advertisement
(२)
सबैले भने अडान भए पो नेता
अरूलाई पूरै फडान गरे पो नेता
क्या भनेजस्तै नेता पाएका छौँ
कत्ति हठ नत्याग्ने भए पो नेता ।
(३)
देश बनाउन भन्दै जुट्ने कुरा गर्नुभयो
मान्यौ सबैले जनता उठ्ने कुरा गर्नुभो
आजसम्म आउँदा केके पाए जनताले ?
शक्ति हत्याएपछि लुट्ने कुरा गर्नु भो ।