काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य बढाएको हो।
Advertisement
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिट १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ।
त्यस्तै हवाइ इन्धनको मूल्य समेत बढाएको छ। अब हवाई इन्धनको मूल्य ८२ रुपैयाँ कायम भएको छ ।
मूल्य वृद्धि पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५पैसा डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी गयासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको निगमले दावी गरेको छ।