• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

कास्कीको अन्नपूर्णमा एक कृषक एक दुहुनो गाईभैंसी कार्यक्रम


  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाईभैँसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दुधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ ।

    दुध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठनिर्माण, तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष युवराज कँुवरले जानकारी दिनुभयो ।

    गाउँपालिकाअन्तर्गतका सहकारी संस्थालाई सबल रूपमा सञ्चालन गर्न पशुबिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुइँघाँस, पोषिलो हिउँदेघाँस, बहुवर्षे डालेघाँसका बिरुवा लगाउने तथा नर्सरी स्थापना गर्नेजस्ता कार्यक्रम सञ्चालन गरी दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवम् विस्तार गर्ने नीति लिइएको छ ।।

    व्यावसायिक पशुपालन, पशुबिमा, गोठ तथा भकारो सुधार उन्नत नस्लका गाई, भैँसी तथा बाच्छाबाच्छी, पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने, दुध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमेजस्ता रैथाने जातका भैँसिपालन कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

    प्राथमिक पशु उपचार सेवालाई निरन्तरता दिइने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

    पशुपालक कृषकमा सिप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिई कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबिच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

    पशुपालनका क्षेत्रमा आधुनिक प्रविधि सुधार गर्न ‘काम गरेर सिक्छ, देखेर विश्वास गर्छ’ भन्ने नारालाई कार्यान्वयन गर्न व्यावसायिक किसानलाई नमूना पशुपालन फर्मको अवलोकन तथा तालिमजस्ता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

    पशुपन्छीतर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यावसायीकरण गरी एक निश्चित मापदण्डका आधारमा अन्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार माछापालन व्यवसायलाई विस्तार तथा वृद्धि गर्न भुरा वितरण तथा पोखरी निर्माण गर्न जोड दिनुका साथै मत्स्यपालन क्षेत्रमा कृषकको आकर्षण अभिवृद्धि गरिने बताइएको छ । (रासस)

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.