• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बेवारिसे भेडो


  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##

    Advertisement

    कहाँबाट कहाँ जान बेवारिसे भेँडो आयो ।
    भेँडो आयो गाँस खायो मनदिमागको टेडो आयो ।
    यौटा हैन आउँदा–आउँदै बेवारिसे बथान आयो ।
    कहाँ जान आयो होला धपाउँदा जाँदैन यो ।

    दया गरी पालौँ भने घास पानी अति खान्छ ।
    आज यहाँ भोलि कहाँ बेवारिसे भेँडो जान्छ ।
    पाठापाठी सँगै ल्याउन मन छ ल्याउँछ कुनै दिन ।
    बेवारिसे भेँडो आए शङ्का लाग्छ किन किन ।

    आउँदा–आउँदै बथानले जमिन सबै ढाकिसके ।
    खुला चउर जमिनमा बेवारिसे भेँडा बसे ।
    बारै महिना बारै काल भेँडा बथान आए यहाँ ।
    दाना पानी खान पाए पल्किएर बसे यहाँ ।

    बेवारिसे भेँडा पाल्दा अब दिक्क लागिसक्यो ।
    बेवारिसे भेँँडा पाल्दा दुख्नुसम्म दिमाग दुख्यो ।
    बथानमा आए भेँडा जता पनि भ्या भ्या गर्छन् ।
    गोठ खर्क पसिकन दानापानी घाँस खान्छन् ।

    दिनरातै कराएर दिनु टन्टा दिएका छन् ।
    बेवारिसे भेँडाहरू यता बस्न आएका छन् ।
    उतै बस्नुपर्ने भेँडा बथानसहित आएका छन् ।
    खानुपर्ने उता थियो यता आई खाएका छन् ।

    बेवारिसे भेँडा बथान यता आई वारिस मागे ।
    भ्या भ्या गर्दै दिनरातै वारिस माग्न जुलुस जागे ।
    यिनकै टन्टा हैरानीले हाम्रो दिमाग चाटेको छ ।
    न दुखेको कपालमा नाम्लो लाई दुखेको छ ।

    एक स्वरमा भ्या भ्या गर्दै रातको निद्रा खाएका छन् ।
    बेवारिसे भेँडाहरू वारिस मागिरहेका छन् ।
    भेँडा पाल्दा देश ध्वस्त पार्ने बाटो भइसक्छ ।
    बेवारिसे भेडा बथान चारैतिर आइसक्छ ।

    पलाउँदैन देश भन्थे भेँडा च¥या वनमा ।
    दिमागमा देश छैन चलाउनेका मनमा ।
    बारम्बार बल्झिएको ती भेँडाको गनगन ।
    दिनरातै बेवारिसे भेँडा आएका छन् ।

    यो देशको हरियाली सबै खाएका छन् ।
    देशका नायक भन्नेहरू हेरिबसेका छन् ।
    नायकहरू भेडा खेद्दै आएजस्तो लाग्यो ।
    नायकले भेडाहरू पालेजस्तो लाग्यो ।

    गोठालाले कहाँ बसी हेरेका छन् होला ।
    यस्तै भेडा पाल्दै गए देश कस्तो होला ।
    यी नायकले हामी बस्न ठाउँ दिने छैनन् ।
    समयले भनिसक्यो नायक हाम्रा हैनन् ।

    अभिनय गरेका हुन् देशका नायक हैनन् ।
    गीत गाउनेजति सबै राम्रा गायक हैनन् ।
    कथित नायक भेडाबाट गनगन गर्न सिके ।
    नायक त भन्नु मात्रै उतैतिर बिके ।

    बेवारिसे भेडाबाट प्रताडित भयो ।
    नायकको मन चिन्तन उतैतिर गायो ।
    भूमिपुत्र अलपत्र यी नायकले पार्छन् ।
    जनताको कमाइको फल सकुन्जेल झार्छन् ।

    यी नायक बस्या कुर्सी दाउरा बाल्नुपर्छ ।
    विचारको नयाँ नायक अब आउनुपर्छ ।
    बिन्ती जनता चुनावमा यी नायकलाई फाल ।
    यी नायकले मौका पाए यस्तै हुन्छ चाल ।

    यी नायकले हुलेका छन् जति आए पनि ।
    दानापानी दिएका छन् जति खाए पनि ।
    बिडम्बना भयो आज यो देशको चित्र ।
    नायकले खेदेका हुन् देशका भूमिपुत्र ।

    बेवारिसे भेडालाई दिए बस्ने ठाउँ ।
    यो देशका भूमिपुत्र हामी कहाँ जाउँ ।
    हाम्रा बस्ती उठिबास हाम्रै नायकले ।
    बेवारिसे भेडालाई अनुमति दिए ।

    हाम्रा साना घरका झुपडा भत्काएर बसे ।
    तराई पहाड हिमालमा बेवारिसे पसे ।
    हामी भूमिपुत्र बस्ने गाउँसहर खोसे ।
    नायकको निर्देशनमा हाम्रा झुपडा झोसे ।

    रस बस उतैतिर यो भूमिलाई भुले ।
    बेवारिसे भेडाहरू तानातानमा परे ।
    भेडा तान्ने नायकहरू देश खाने परे ।
    भोकानाङ्गा गरिबलाई शोषणमा पारे ।

    वन खाए मन खाए देशको दिमाग खाए ।
    शङ्का गर्नुपर्छ नायक उतैबाट आए ।
    हाम्रा होलान् भनेको त मुलुक मारा आए ।
    हाम्रा होलान् भनेको त पराइका आए ।

    विद्रोहले खोजेको छ बाटा बनाउन ।
    भूमिपुत्र उठ्नुपर्छ भेडा धपाउन ।
    देशघाती कथित नायक उतै पठाउन ।
    अहोरात्र द्वन्द्व गर्छन् सत्ता समाउन ।

    बेवारिसे भेडा हुनन् देश राम्रो होला ।
    बिहानीको घामसँगै उन्नतिमा जाला ।
    भूमिसन्तान सुखी होलान् भेडा आउने छैनन् ।
    भूमिसन्तान काम खोज्दै पर जाने छैनन् ।

    भेडाहरू समस्याका जड बन्ने छैनन् ।
    भेडाबाट रातको निद्रा बिथोलिने छैनन् ।
    पीडा भयो समयले भन्छ हामीलाई ।
    ढिला भयो अघि जान भन्छ हामीलाई ।

    निरासाले आत्मबल निखारेर हुन्न ।
    गाउँसहर हिमाल तराई नतातेर हुन्न ।
    जनक्रान्तिबाट आउँछ जनताको नायक ।
    कथितबाट बन्दैन देश हैन हाम्रो नायक ।

    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.