जनक बिसी ##
बालिदेऊ न आगो
तोडिदेऊ घमण्डको जालो ।
Advertisement
हिडिरहेछ जाल फिजाउँदै
नदीमा माछा मार्नलाई
माछा त माझी दाइले मार्दछन्
तर उसले छलिरहेछ यो नदी तर्नलाई
कौवा त छट्टु बनिरहेको छ
कोइलीको फूल चोरेर
बच्चा जन्माउँदै गइरहेको छु
भन्दछ विष घोलेर
अनावश्यक बोल्ने र ठुङ्ने
गरिरहेको कोइलीको नानीलाई
देशविदेशमै बोलिरहेको छ
तिम्रो बाउको बिर्ता हो र भन्छ हामीलाई
कौवा, जुरेली र चिबेचरीहरू
भागिरहेका छन आँखा टालेर
हेर त मैना, डाँफे, मुनाल,
सुवा र वन पाखाभरिका
राता राता चराहरू उडिरहेका छन्
धर्ती र आकाशभरि आगो बालेर ।

