• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाली समालोचनाको समस्याबारे अन्पाको अन्तरक्रिया


  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले नेपाली समालोचनाको समस्याबारे भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्टद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०७८ जेठ ३१ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै डा. भट्टले समालोचना हतारको होइन, गम्भीरताको यात्रा भएको बताउनुभयो ।

    लेखकको रचनाकर्मका धेरै पाटाहरू हुने बताउँदै उहाँले सोहीअनुसार समालोचनाका पनि धेरै पक्ष हुने उहाँको भनाइ थियो ।

    ‘तर कृतिको दुईचार पृष्ठ पढेर समालोचना गर्ने प्रवृत्ति पनि हामीकहाँ छ’ उहाँले नेपाली समालोचनाको एउटा समस्याजनक पाटो उल्लेख गर्नुभयो ।

    ‘साहित्य बुझ्ने जोकोहीले समालोचना गर्न सक्छ’ उहाँले भन्नुभयो– ‘साहित्यको विधा, परम्परा र गुणदोष बुझ्ने जोकसैले समालोचना गर्न सक्छ ।’

    उहाँले लेखकलाई समालोचकले र समालोचकलाई लेखकले बुझ्ने गरी साहित्ययात्रा अघि बढ्नुपर्ने बताउनुभयो ।

    ‘साहित्य र समालोचक दुवै जनताको पक्षमा छ कि जनविरोधी पक्षमा छ ? त्यहीअनुसार हामीले साहित्य र साहित्यकारको मूल्याङ्कन गर्नुपर्दछ’ उहाँको भनाइ थियो ।

    लेखकमा समावेशी चेतना हुनुपर्नेमा उहाँको जोड थियो । ‘समावेशी चेतना भन्नाले प्रगतिशील विचार, भौगोलिक, लैङ्गिक, जातीय, सांस्कृतिक सबैतर्फ लेखकको दृष्टिकोण पुग्नुपर्दछ’ उहाँले भन्नुभयो ।

    उहाँले अन्पाले प्रगतिशील साहित्यिक फाँटमा सहकार्यको संस्कार सुरु गरेकोमा धन्यवाद दिनुभयो ।

    ‘प्रगतिशील लेखकहरूको सङ्ख्या बढी छ’ उहाँले भन्नुभयो– ‘तर त्यहीअनुसारको सहकार्य गुणात्मक स्तरोन्नतिका लागि काम हुन सकिरहेको छैन ।’ उहाँले यस दिशामा थप काम हुनुपर्ने आवश्यतामा जोड दिनुभयो ।

    उहाँले सङ्कीर्णता त्यागेर प्रतिधु्रवका सकारात्मक पक्षको पनि समर्थन गरेर जान सक्ने साहित्यिक चेत आवश्यक रहेको बताउनुभयो ।

    अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा महासचिव रामप्रकाश पुरीले पनि मन्तव्य राख्नुभएको थियो ।

    अन्पाकै उपसचिव गिरीप्रसाद बुढाको सञ्चालन तथा कोषाध्यक्ष प्रकाश थापामगरको स्वागत मन्तव्यका साथ सम्पन्न उक्त कार्यक्रममा मुकुन्दप्रसाद शर्मा, कुलबहादुर बगाले, वैरागी जेठा, प्रकाश थापामगर, पीताम्बर भट्टराई, टीकाराम उदासी र जगत् वाशिष्टले पूरक टिप्पणी राख्नुभएको थियो ।

    कार्यक्रममा सङ्गीन श्रीस, उमेश पुनमगर, रवि पौडेल, समष्टि बुढा, लक्ष्मणदेव पाण्डे, मीरा जिएम, वैरागी जेठा, केशव गाहा पाल्पाली, पीताम्बर भट्टराई, भीम बुढाथोकी र गोविन्दप्रसाद अम्माईले कविता वाचन गर्नुभएको थियो ।

    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.