• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आँखा चिम्लेर भिरमा हाम फाल्न खोजेका का. कृष्ण थापा


  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
  • गिरिप्रसाद बुढा ##
    केपी ओलीको नेतृत्वको सरकारले प्रतिगमनको बाटो समातेपछि तत्कालका लागि प्रतिगमन विरोधी शक्तिसँग मिलेर प्रतिगमनको विरोधमा जाने नीति पार्टीले लियो, जुन सही नीति थियो । यसै सन्दर्भमा पार्टीले दुस्मनशक्तिको रूपमा व्याख्या गरेको नेपाली काङ्ग्रेस पनि प्रतिगमनको विरोधमा उभिएको कारण दुस्मनशक्तिसँग गरिने “एकता–सङ्घर्ष–एकता” को नीतिबमोजिम हालको प्रतिगमन विरोधी यात्रामा नेपाली काङ्ग्रेससँग पनि सहकार्य गरेर जाने कार्यनीति सही भएकाले देशभरिका पार्टीमा आबद्ध पार्टी कार्यकर्ताहरू यसैअनुरूप अगाडि बढ्ने काम भयो । यो कुरामा कुनै कार्यकर्ताको विमति थिएन र रहने कुरा पनि भएन ।

    Advertisement

    प्रारम्भमा पार्टीको यो नीतिसम्बन्धी कसैको कुनै विमति नरहेको भएता पनि पछिल्लो समयमा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले चालेको पार्टी नीति विरोधी पाइलाले देशमा र पार्टीभित्र पनि केही चर्चा पाइरहेको छ । यसरी प्रारम्भमा पार्टीनीतिमा प्रतिबद्ध भएर हिडेका का. कृष्ण थापा गण्डकी प्रदेशको संसदमा चलेको प्रतिगमन विरोधी सङ्घर्षमा एकाएक पार्टीनीति विरुद्धमा उभिन पुगे । यसपछि का. कृष्ण थापाले जे गरे, त्यो सही गरे भन्ने अर्थमा पार्टी विरोधी तत्त्वले बढी भ्रम सिर्जना गरिरहेको र स्वयम् का. कृष्ण थापाले पनि आफ्नो कमजोरीलाई नस्विकारिरहेको अवस्थामा यससम्बन्धी केही छलफल गर्नु सान्दर्भिक रहेको छ ।

    सबैलाई स्पष्ट भएकै कुरा हो कि गण्डकी प्रदेशमा रहेको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार प्रतिगमनकारी केपी ओलीकै कदमलाई मलजल गर्ने सरकारको रूपमा स्थापित थियो । त्यो सरकार प्रतिगमनकारी शक्तिकै पक्षधरता भएको हुँदा त्यसको विरुद्ध पनि पार्टीको केन्द्रीय नीतिअनुरूप नै प्रतिगमन विरोधी शक्तिहरू संयुक्त भएर अगाडि जाँदा नै केपी ओलीको प्रतिगमनलाई धक्का पुग्न जान्थ्यो ।

    यसरी गण्डकी प्रदेशबाट प्रतिगमनलाई धक्का दिने निर्णायक शक्ति परिस्थितिले राष्ट्रिय जनमोर्चाको काँधमा सुम्पेको थियो । तर दुःखका साथ भन्नुपर्छ, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय सङ्घर्षमा अगुवाइ गर्नका लागि सांसदको रूपमा पठाइएका का. कृष्ण थापा पार्टीनीति विपरीत चलेका कारण राजमोले गण्डकी प्रदेशको संसदीय थलोमा चलेको प्रतिगमन विरोधी लडाइँमा आफ्नो अभिभारालाई सहज ढङ्गले पूरा गर्न सकेनन् ।

    विशेष गरी बागलुङका जनताको दबाब भएकाले आफूले पार्टीनीति मान्न नसकेको कुतर्कद्वारा आफूले गरेको पार्टीनीति विरोधी कुकर्मलाई सही प्रमाणित गर्ने प्रयास गर्दै आएका छन्† अर्थात्, आफ्नो कुर्सीस्वार्थलाई रक्षा गर्न बागलुङका इमान्दार जनतालाई उनले ढाल बनाउने प्रयात्न गर्दै आएका छन् । तर केही चतुर, लोभी, पार्टी र क्रान्तिप्रति माया नभएका दुईचार जना छुल्याहा व्यक्तिबाहेक आम जनता, जसले आफ्नो रगत र पसिनाले आजसम्म पार्टीलाइ जीवन्त बनाउँदै आइरहेका छन् । ती जनताले पार्टीनीति उलङ्घन गर्नलाई दबाब दिन्छन् भन्ने कुरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ† किनकि पार्टी जनता स्वयम्ले आफ्नै लागि निर्माण गरेको घर हो । यो घर निर्माणमा स्वयम् कृष्ण थापाले पनि कैयौँ पसिना र समय खर्चेका छन् । त्यसैले यो पार्टी निर्माणमा योगदान दिएको नाताले पार्टीनीति विपरीत हिडेर उनले पार्टी र जनताप्रति अन्तरघात गर्नुहुँदैनथ्यो । तर उनले पार्टीनीति विरुद्धमा आफूलाई उभ्याएर पार्टी र जनताप्रति अन्तरघात गर्न पुगे । उनले आफूले गरेको यही अन्तरघातलाई ढाकछोप गर्न काङ्ग्रेसबाट उत्पीडनमा परेका बागलुङका जनताले काङ्ग्रेससँग सहकार्य नगर्न भनेको तर पार्टीले बागलुङका जनताको भावना नबुझेको आरोप लगाइरहेका छन् ।

    यो कुरा सत्य हो कि एक समय काङ्ग्रेसको उत्पीडनले बागलुङ मात्रै होइन, पूरै देशैभरिका जनता उत्पीडनमा थिए । उसको त्यो उत्पीडनको कारण विशेष परिस्थिति आइपर्दा पनि ऊसँग सहकार्य नै गर्नुहुन्न भन्ने कुरा सोच्नु सङ्कीर्णता हो । फेरि ऊसँगको सहकार्य तात्कालिक मुद्दासँग सम्बन्धित अस्थायी प्रकतिको सहकार्य नै हो । यस्तो प्रकारको सहकार्यका लागि बागलुङका जनताले विरोध गरेको इतिहास हाम्रोसामु छैन ।

    २०६२–६३ सालको आन्दोलनमा काङ्ग्रेससहितका राजनीतिक दलसँग मिलेर पार्टीले काम गरेको थियो । यसपछि पनि लामो समयसम्म काङ्ग्रेससहित बनेको राजनीतिक संयन्त्रमा रहेर पार्टीले काम गरेको थियो । विगतका कैयाँै निर्वाचनमा पार्टीले काङ्ग्रेससँग मिलेर चुनाव लड्न सकिने ढोका खुल्ला राखेको थियो । पार्टी र जनताको हितका लागि तथा गणतन्त्र र संविधानको रक्षाका लागि काङ्ग्रेससँग पनि सहकार्य गरेर जान सकिने पार्टीको यस्ता कैयाँै नीतिमा पार्टीमा प्रतिबद्ध सबै जिल्लाका जनताको साथ र समर्थन रहँदै आएको कुरा सर्वविदितै छ । यो कुरा ऐनाजस्तै छर्लङ्ग हुँदाहुँदै पनि का. कृष्ण थापाले बागलुङका जनताको दबाब भन्दै पार्टीनीतिको जुन उल्लङ्घन गरे । यसमा जनताको दबाबभन्दा पनि उनको आफ्नै चिन्तनमा जन्मिएको खराबी मुख्य जिम्मेवार रहेको छ ।

    सच्चा पार्टी सदस्यले कुनै विषयमा आफनो भिन्नमत रहे पनि पार्टीको निर्णयलाई कडाइका साथ पालना गरेर जाने कुरालाई आफ्नो मूल कर्तव्य थान्दछ । यस्तो कर्तव्य पालना गर्ने कुरामा हाल का. कृष्ण थापा नराम्ररी चुक्न पुगेका छन् । का. कृष्ण थापाले पछिल्लो समयमा आफू राष्ट्रिय जनमोर्चाको सदस्य भएको कारणले पार्टीले उनलाई सांसद बनाएको कुरा बिर्सेका छन् । जनताले राष्ट्रिय जनमोर्चाको नामबाट उनलाई भोट दिएका हुन् । तर उनले आफूलाई दीपक मनाङेले जस्तै गरी एक स्वतन्त्र व्यक्ति कृष्ण थापाको रूपमा भोट पाएर सांसद जितेको अर्थमा बुझे ।

    वास्तवमा पार्टी र जनताबिच रगत र शरीरको जस्तै सम्बन्ध हुन्छ । तसर्थ हामीले पार्टीको कुरा गर्दा जनता बिर्सने र जनताको कुरा गर्दा पार्टी बिर्सने कमजोरी गर्नु हुँदैन । आज का. कृष्ण थापाले पार्टी बिर्सेर केवल जनताको कुरा गरिरहेका छन् । यस्तो गर्नु कुनै उद्देश्य, लक्ष्य र सिद्धान्त नबोकेका स्वतन्त्र सांसद दीपक मनाङे जस्तालाई सुहाउँछ, तर का. कृष्ण थापाजस्तालाई पटक्कै सुहाउँदैन । पार्टीप्रति प्रतिबद्ध आम जनता र कार्यकर्तासामु लज्जाबोध हुने गरी उनी अगाडि बढिरहेका छन् । वास्तवमा का. कृष्ण थापा यसरी आँखा चिम्लेर भिरतिर हाम नफाले हुन्थ्यो ।

    वास्तवमा गण्डकी प्रदेशको सरकार विरुद्ध पार्टीले अविश्वासको प्रस्तावलाई समर्थन गर्ने नीति अगाडि सारेको समययता का. कृष्ण थापाले अभिव्यक्त गरेको विचार हेर्दा उनको विचारमा स्थिरता हराएको देख्न सक्छौँ । २०७७ पुस ५ गतेको संसद विघटनसँगै सुरु भएको प्रतिगमन विरोधी नीतिको पक्षमा रहेका का. कृष्ण थापाले २०७८ जेठ २५ गतेसम्म “पार्टीकै आदेश मान्ने” कुरा गरेको पाइन्छ । तर यसपछि भने उनले पार्टीको नीति विपरीत व्यवहार गर्न थाल्दछन् । यिनको यही व्यवहारको कारण उनलाई पार्टी नियमानुसार अनुशासनको कारबाही हुन्छ । सँगसँगै यो फैसलापश्चात् २०७८ जेठ २१ गतेका दिन उनले “आफू अब साधारण किसान भएर गाउँ फर्कने, कृषिकर्म गर्ने र सामाजिक काम गर्ने” विचार व्यक्त गर्छन् । तर उनको विचार धेरै दिन टिक्दैन । उनले छिट्टै आफ्नो सांसद पद जोगाउन सर्वाेच्चमा डौडिन पुग्छन् । यसरी उनको विचारमा आएको यो अस्थिरता हेर्दा के आँकलन गर्न सकिन्छ भने उनको विचारले या त गम्भीर विचलन र पलायनको बाटो रोजिरहेको छ, या उनलाई कुनै बाह्यशक्तिको मनोवैज्ञानिक दबाब परिरहेको छ । आसा गरौँ, आगामी दिनमा उनी यी दुवै कुराबाट बचेर जनता र पार्टीको हितमा काम गर्ने छन् ।

    यसै सन्दर्भमा हाम्राबिचमा अर्काे एउटा महत्त्वपूर्ण विषय पनि उठ्ने गरेको छ । यस विषयमा पनि हाम्रो दृष्टिकोण स्पष्ट हुन जरुरी छ ।

    जब पार्टीले का. कृष्ण थापाको सांसद पद नरहने फैसला गर्यो, त्यसपछि का. कृष्ण थापा आफ्नो पदको रक्षार्थ सर्वाेच्चमा पुगे । उनी सर्वोच्चमा पुगेपछि सर्वाेच्चले उनकै पक्षमा फैसला गर्यो । यसरी आफ्नो चित्त नबुझे अड्डाअदालत धाउनु र हारजित हुनुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु वर्तमान राज्यव्यवस्थाभित्रका स्वाभाविक प्रक्रिया हुन । यस प्रकारको स्वाभाविक प्रक्रियामा सर्वाेच्चले गर्ने फैसला कति सही वा गलत हुन्छन् भन्ने विषय छुट्टै छलफलको विषय हुन सक्छ तर हिजोआज कतिपय व्यक्तिले का. कृष्ण थापाको सन्दर्भमा पार्टीले गरेको फैसला गलत भएको तथ्य सर्वाेच्चले नै प्रमाणित गरिदिएको कुरा व्यक्त गर्ने गरेको पाइन्छ, जुन गलत छ ।

    हामीले यो बुझ्न जरुरी छ कि पार्टीले गर्ने फैसला र अड्डाअदालतले गर्ने फैसला बिल्कुल भिन्नाभिन्नै पाटो हो । सर्वप्रथम हाम्रो यो स्पष्ट दृष्टिकोण हुनुपर्छ कि अड्डाअदालत, पुलिस–प्रशासनजस्ता संस्था भनेको राज्यव्यवस्था टिकाउन बनेका राज्यसंयन्त्र हुन । त्यसैले यस्ता संयन्त्रले गर्ने हरेक फैसलाको पछाडि राज्यव्यवस्था टिकाउने उद्देश्य रहेको हुन्छ । तर पार्टी (कम्युनिष्ट पार्टी) भनेको व्यवस्था फाल्न वा बदल्नका लागि बनेको एउटा आन्दोलनको नाम हो । तसर्थ पार्टीले जहिले पनि आफ्नो सिद्धान्त, आन्दोलन र शक्ति जोगाउन वा आफ्नो क्रान्तिकारी चरित्रको रक्षा गर्न आफ्ना फैसला निर्धारण गर्ने गर्दछ । वास्तवमा पार्टी गलत त त्यस बेला हुन्छ, जुन बेला ऊ आफ्नो नीति, सिद्धान्त र क्रान्तिकारी चरित्रबाट चिप्लिन्छ । यसरी पार्टी सही छ वा गलत भनेर जाच्ने कसी राज्यसत्ता जोगाउन निर्माण गरिएका संयन्त्रको नीतिनियम र कानुन कदापि हुन सक्दैन । तसर्थ का. कृष्ण थापाको पक्षमा सर्वाेच्चले गरेको फैसलाको आधारमा पार्टीले अगाडि चालेको कदम सही वा गलत भयो भनी व्याख्या गर्नु सही हुँदैन ।

    हामी सबैले थाहा पाउनुपर्छ कि यो राज्य व्यवस्थालाई पार्टीले अलिकति मात्रै पनि धक्का दिने कार्यको सुरुवात ग¥यो भने मात्र पनि यो राज्यव्यवस्थाको संयन्त्रले पार्टीलाई प्रतिबन्धित नै गरिदिन्छ । तसर्थ एउटा पार्टीजीवनसँग जोडिएको इमान्दार पार्टी सदस्यले राज्यसत्ता टिकाउनका लागि बनेका संयन्त्र, नियम–कानुन आदिलाई जहिले पनि गौण रूपमा लिनुपर्दछ । पार्टीले कुनै पार्टीसदस्यमाथि कुनै प्रकारको फैसला गर्दछ भने त्यो सम्बन्धित पार्टीसदस्यलाई सही मार्गमा अगाडि बढ्न प्रेरित गर्नकै लागि हुने गर्दछ । तर का. कृष्ण थापाले यो कुरालाई गलत अर्थमा लिएर पार्टीलाई नै प्रतिवादी बनाउँदै अदालत धाउनु आफ्नो घरमा आगो लगाएर खरानीको व्यापार गर्न जानुजस्तै हो । आफ्नो पार्टीको फैसला, नीतिसिद्धान्त र आन्दोलनमा आँखा चिम्लिएर एउटा पार्टीसदस्य प्रतिक्रियावादी राज्यव्यवस्थाको चरणमा पाउ पर्न जानु यो कुन नैतिकता हुन सक्दछ ? एउटा इमान्दार र जुझारु पार्टीसदस्यले यदि आफूलाई अन्याय भएको महसुस भए उसले न्याय माग्न विधिसम्मत तरिकाले जनताको बिचमा जान सक्छ । सम्बन्धित बैठक, भेला, सम्मेलन तथा महाधिवेशनसम्म पुग्न सक्छ । उसले इमान्दारिपूर्वक पार्टीभित्रै अन्तरसङ्घर्ष चलाएर आफूलाई न्याय दिलाउने प्रयत्न गर्न सक्छ । यी सबै स्वतन्त्रता र अधिकार उसले उपयोग गर्न सक्छ ।

    तर पार्टीनीति र सिद्धान्त उल्लङ्घन गरेर मनपरी तरिकाले चल्ने स्वतन्त्रता र अधिकारको यदि कसैले वकालत गर्दछ भने त्यस्ता पार्टीसदस्यलाई आवश्यकतानुसार कारबाही गर्दै जाने कुरामा पार्टीलाई पनि पूरा अधिकार रहेको हुन्छ । हाल का. कृष्ण थापालाई कारबाही गरेर पार्टीले आफ्नो यही अधिकार प्रयोग गरेको हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ ।

    यसरी पार्टीले कारबाही गरेपछि का. कृष्ण थापाले ठुलो स्वरमा “आफूमाथि गरिएको कारबाहीका कारण पार्टीले पछुताउनुपर्ने छ” भन्दै हिँडेको पनि पाइन्छ । निश्चित रूपमा वर्षौंको लगानीमा तयार भएका आफ्ना कार्यकर्ताले पार्टीको नीति–कार्यक्रम नमानेर हिड्न थालेपछि पार्टीको आत्मामा केही थोरै ठेस लाग्नु, पार्टीलाई केही मात्रामा भए पनि नोक्सान पुग्नु स्वभाविक छ । तर त्योभन्दा पनि बढी नोक्सान यस्ता प्रवृत्तिलाई छुट दिँदा नै हुन पुग्दछ । त्यसैले यसमा पार्टीलाई पछुताउनैपर्ने कुनै कारण हुँदैन; किनकि पार्टीजीवनमा यसरी पार्टीले आफ्नो कार्यकर्तालाई कारबाही गरेको पहिलो घटना अवश्य पनि होइन । पार्टीको इतिहास हेर्ने हो भने यस्ता कारबाहीका अनेकौँ शृङ्खला हामीले देख्न सक्छौँ । पार्टीको यस्तो कारबाहीबाट कैयौँ पलायन भएका छन् भने कैयौँले आफूलाई सच्चाएर पार्टी र क्रान्तिको हितमा आफ्नो यात्रा जारी राखिरहेका छन् ।

    हामीले आसा गर्न सक्छौँ, का. कृष्ण थापा पलायन हुने छैनन् । उनले आफूलाई सच्चाएर भविष्यको चम्किलो बाटोमा आफ्नो यात्रा अगाडि बढाउने छन् ।

    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.