काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी दल (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने गर्ने र ब्ल्याकआउट गर्नेबीच कसरी घाँटी जोडियो भनी प्रश्न गर्नुभएको छ ।
आफ्नै दल जसपाबाट महन्थ ठाकुर– राजेन्द्र महतो पक्ष ओली सरकारमा सामेल भएपछि डा. भट्टराईले ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?’ भनेर व्यंग्य गर्नुभएको छ ।
शनिबार ट्वीट गर्दै डा. भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ? भन्दै दुवैको मुकुण्डो उत्रिएको दाबी गर्नुभएको गर्नुभएको छ ।
यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?
— Baburam Bhattarai (@brb1954) June 4, 2021
प्रधानमन्त्री केपी ओलीले शनिबार जसपालाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । मन्त्रिपरिषदमा नेपालको संविधान जारी हुँदा भारतीय नाकाबन्दीलाई समर्थन गर्ने र संविधान जलाउने राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
यो पनि : मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्रीहरु