• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कति छ नेपालमा रासायनिक मलको स्टक ?


  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालमा रासायनिक मल पर्याप्त रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि विभागीय मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताउनुभएको छ ।

    Advertisement

    मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उहाँले बताउनुभयो । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उहाँले भदौँ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

    उहाँले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ । उहाँले सहकारीहरु दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मुल्य सूचिसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिनुभयो ।

    स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपुर्ति र वितरण सँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उहाँको निर्देशन छ । उहाँले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो ।

    कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डि.ए.पी ३९ हजार २ सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास ४ हजार १ सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन ४ सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ । साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ ।

    त्यस्तै रासायनिक यूरिया मल ६५ हजार मेट्रिक टन असार महिना भित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडले संयुक्त रुपमा जानकारी गराएका छन् ।

    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.