काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परिक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।
सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताउनुभएको हो । यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभया, ‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सिप परिक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ । कुनैपनि सेवा क्षेत्रमा प्रवेश गर्नको लागि आधारभुत दक्षता, परिक्षण र उर्तिणको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ । यस क्षेत्रको विज्ञहरुको राय, सल्लाह बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको छ ।’
मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत अगाडी बढाइसकिएको जानकारी दिनुभयो ।
सरकारले विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । जेठ १०, १३, १५, १७ र २० गते गरी पाँच पटक बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ३३ वटा निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्ता छन्, निर्णयहरु




