• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजमो पाल्पाका अध्यक्ष दर्लामीको भावुक स्टाटस : बाबुले मम्मी खोई भन्दा के जवाफ दिने ?


  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । पत्नीवियोगमा पर्नुभएका राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलाई अब छोरालाई मम्मीबारे के जवाफ दिने भन्ने चिन्ताले सताएको छ ।

    Advertisement

    श्रीमती कुशुम दर्लामीको निधन भएको तेस्रो दिन शुक्रबार सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै दर्लामीले बच्चालाई आमाको बारेमा कसरी जवाफ दिने भन्ने चिन्ताले सताएको बताउनुभएको छ ।

    उहाँहरूका ८/९ वर्षका छोरा छन् । अध्यक्ष दर्लामी आफैँ पनि कोरोनाबाट सङ्क्रमित हुनुहुन्छ । आफ्नो स्वास्थ्यको पर्वाह नगरी श्रीमतीको उपचारमा खटिनुभएको थियो । गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला रक्तिम सांस्कृतिक अभियान पाल्पाका उपाध्यक्ष कुशुमको जेठ १८ गते साँझ निधन भएको हो ।

    सामाजिक सञ्जाल फेशबुकमा बिशालले लेख्नुभएको छ–
    “‘तिम्रो उपचारको लागि हिँड्दै गर्दा म तङ्ग्रिदै थिएँ । खोकी लागिरहेकाले औषधि खाँदै थिएँ । तर तिम्रो स्वास्थ्यमा समस्या आएपछि मेरो समस्या गौण हुनु स्वाभाविक थियो ।

    लुम्बिनी मेडिकल कलेज पाल्पामा गरिएको पेटको भिडिओ सिटी र एमआरआई पछि डाक्टरले प्याङक्रियाजको समस्या रहेको भन्दै थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गर्यो । त्यहाँ पुगेपछि ज्वरो आउन सुरु भयो । पछि प्रेसर पनि कम भएपछि इमरजेन्सीमा भर्ना गरी नसाबाट औषधि सुरु गरियो, तर पनि ज्वरो आई नै रह्यो ।

    भोलिपल्ट पिसिआर टेस्ट गर्दा कोभिड पोजेटिभ देखियो । त्यसपछि कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरियो । सुरुका तीन दिनसम्म श्वासप्रश्वासमा समस्या थिएन । त्यसपछि चौथो दिनमा अक्सिजन लेबल कम भएपछि एचडियु वार्डमा सिफ्ट गरी उपचार सुरु गरियो । तर पनि समस्या बढ्दै गयो । अर्को दिन आइसियुमा सिफ्ट गरी हाइफ्लो अक्सिजन दिन सुरु गरियो । तर पनि अक्सिजनको लेबल मेन्टेन हुन सकेन ।

    नवौँ दिनको दिन बिहान अति नै गाह्रो भएपछि डक्टरको सल्लाहअनुसार भेन्टिलेटर सुरु गरियो । तर यी सबै प्रयास असफल भए । पछिल्ला दुई दिन तिम्रो त्यो पीडा र छट्पटी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ । तिम्रो जीवनमा रक्तसञ्चार गराइरहनका लागि सबै प्रकारका प्रयास गरियो । तर ती सबै प्रयास असफल भए र अन्ततः तिमीले यो संसारबाट भौतिक रूपमा बिदा लिनैपर्यो ।

    प्लास्टिकमा बेरिएको तिम्रो पार्थिव शरीरलाई बोकेर अन्तिम बिदाइपछि अहिले पुनः म होम आइसोलेसनमा पीडाबोधका साथ समय गुजारिरहेको छु । प्रत्येक पल तिनै यादहरूले घोचिरहेको छ । पोलिरहेको छ । तर पनि आफूलाई सम्हाल्ने कोसिस गरिरहेको छु ।
    बाबुले मम्मी खोई भनेर सोध्दा के भनेर जवाफ दिने ? त्यो अर्को झन् ठुलो पीडा थपिएको छ । अस्पताल बसाइभरि पारिवारिक कुरा हुन सम्भव भएन । तिमीसँगको बिछोडको पीडामा मम्हम लगाउँदै ।”

    याे पनि :

    रक्तिम पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन

    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.