धनवीर पुन ##
Advertisement
मलमलको च्यादरले ढाकेको आबरु पुइँकीले उडायो
अभिलाषाले चुलिएको ख्वाब, अर्कैको मथिंगलले उडायो ।
महत्त्वाकाङ्क्षा, उच्चाकाङ्क्षा, अभिलाषा, पदलोलुपता तिम्रै हुन्
प्रतिशोधले भरिएको भाव, रुग्ण तिम्रै अहङ्कारले उडायो ।
निमेकीहरूका चक्षुलाई दिउँसै तमस पार्ने तिम्रो कोशिस
आफ्नैलाई उच्छेदन गर्ने तिम्रो ख्वाव, खहरेले छिनमै उडायो ।
आहा ! तीक्ष्ण थिए तिम्रा आभा, आशलाग्दो थियो
भित्रभित्रै पार हुने तिम्रो स्वप्निल नाव, आवेगले उडायो ।
सुन्छु– घर घर चहार्दै, चक्राउँदै माग्दै छौ रे बास
नसुनाऊ तिम्रो बेशुरा राग, मगन्तेको झुंझुनाले उडायो ।

