• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मागअनुसार अन्डा आपूर्तिमा कठिनाइ


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • नारायण अधिकारी चितवन ।।
    कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अन्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

    Advertisement

    आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अन्डा बिक्री गर्दै आएको दाउन्ने गु्रप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अन्डा पुर्याउन कठिन भएको बताउनुहुन्छ । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अन्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठुलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उहाँले आफूले पालो मिलाएर मात्र अन्डा दिन सकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– “बिक्रेताले मागेकै दिनमा अन्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पुर्याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरूले अन्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बिचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

    अन्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि समेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “किराना पसल खुल्दा सबैको हातहातमा अन्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अन्डाको माग हुने गरेको उहाँको भनाइ छ । अन्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

    वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अन्डामा पाइने बताउनुहुन्छ । एसियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उहाँले अन्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताउनुभयो । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौ वटै तत्त्व अन्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अन्डा उपयुक्त हुन्छ ।”

    कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अन्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अन्डा उत्पादक सङ्घले जनाएको छ ।

    सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अन्डा बढेको जानकारी दिनुभयो । घरमा बसेकाले सुरक्षित पौष्टिक आहारका रूपमा अन्डालाई लिएको उहाँको भनाइ छ । निषेधाज्ञामा देशभर अन्डा रोकटोक नभएकाले सबैले अन्डा पाउन सकेका छन् । उहाँले भन्नुभयो– “अन्डाको पौष्टिक तत्त्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउनुहुन्छ । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उहाँको भनाइ छ ।

    माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० वटा) ठुलो अन्डाको मूल्य रु. ३७० पर्दछ । मध्यमको मूल्य रु. ३५५ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउनुहुन्छ । नेपालमा पोल्ट्री क्षेत्रमा रु. एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिनुभयो ।

    नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताउनुभयो । (रासस)

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.