• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक : नेकपा (मसाल)


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले कामचलाउ ओली सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएको छ ।

    Advertisement

    छ महिनाभित्र चुनाव गराउने भनेर चुनावको मितिसमेत तोकिसकेको सरकार आफैले पूर्ण बजट ल्याउनु भनेको आ,्निो पक्षमा चुनावको आधार तयार पार्नु हो भन्दै नेकपा (मसाल) ले सरकारको यस्तो कदमको विरोध गरेको हो ।

    २०७८ जेठ १६ गते महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमो यस्तो अवधारणा व्यक्त गरिएको हो ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “चौतर्फी विरोधको बाबजुद पनि ओली सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएको छ । संसद विघटन गरेर अध्यादेशमार्फत ओली सरकारले पूर्ण बजेट ल्याउनु कुनै पनि अवस्थामा प्रजातान्त्रिक र संवैधानिक थिएन र छैन । प्रधानमन्त्री ओलीले पहिले संसद विघटन गरेर प्रतिगामी कदम चालेपछि त्यसका विरुद्ध चौतर्फी विरोध र सङ्घर्ष भएका थिए । सर्वोच्च अदालतले पनि ओलीको त्यो कदमलाई गलत ठहर्याएर संसदको पुनस्र्थापना गरेको थियो । सर्वोच्चको उक्त निर्णयको कार्यान्वयनतर्फ विधि र प्रक्रिया अगाडि नबढाई संसदको पुनः विघटन गर्नु ओली सरकारले आफ्नो स्वेच्छाचारी कार्यशैलीलाई अगाडि बढाउनु नै थियो । अहिले अधिकारभन्दा बाहिर गएर प्रस्तुत गरिएको बजेटबाट प्रधानमन्त्री ओली र उनको सरकारको अधिनायकवादी चरित्रको पर्दाफास गरेको छ ।

    संसद विघटन गरिसकेपछि प्रधानमन्त्री कामचलाउ सरकारको प्रमुख मात्र हुन्छ । त्यस प्रकारको सरकारले जनताको व्यापक असहमतिको बिचबाट मुख्य राजनीतिक र संवैधानिक निर्णय गर्ने अधिकार हुँदैन । संसद विघटन गरी ६ महिनाभित्र चुनाव गराउने भनेर मितिसमेत तोकिसकेको कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक छ । यस प्रकार ओली सरकारको स्वेच्छाचारी शैलीले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक विधि र प्रक्रियाको उपहास गरेको छ ।

    अहिले ओली सरकारले देशलाई अस्थिरतर्फ धकेलेको छ । कुनै राजनीतिक व्यवस्थामा स्थिरता कायम गर्नका लागि संविधान, कानुन, विधि र प्रक्रियालाई कार्यान्वयन गरेर नै स्थिरता कायम गर्न सकिन्छ । जनान्दोलन र जनसङ्घर्षका उपलब्धिको रक्षा गर्दै संविधान र कानुनले व्यवस्था गरेबमोजिम राज्य सञ्चालन गरेर नै राजनीतिक स्थायित्व कायम हुन सक्दछ । तर ओली सरकारले संविधान, कानुन, विधि र प्रक्रियाको उलङ्घन गरेर अधिनायकवादी र स्वेच्छाचारी शैलीले राज्य सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ ।

    ओलीले दोश्रो पटक संसद विघटन गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । तर पनि असंवैधानिक र अनाधीकृत प्रकारले ओली सरकारले प्रस्तुत गरेको बजेटले आफ्नो चुनावी आधार बलियो बनाउने उद्देश्य लिएको छ । चुनाव गराउने भनेर तिथिमितिसमेत तोकिसकेको सरकारले पूर्ण बजेट पेस गर्नु भनेको आफ्नो पक्षमा चुनावी आधार तयार पार्नु हो । त्यो राज्यको सम्पत्तिको दुरूपयोग हो । त्यस प्रकारको कार्य संविधान र कानुनको विरुद्ध छ । त्यसैले त्यो असंवैधानिक पनि हो । ६ महिनाभित्र चुनाव गराएर समाप्त हुने सरकारले वर्षौंका योजना प्रस्तुत गरेर स्वेच्छाचारिता र अधिनायकवादी कार्यशैलीको भद्दा प्रदर्शन गरेको छ ।

    प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेर देशमा प्रतिगमनको अवस्था सिर्जना गरेपछि लगातार प्रतिगमनका विरुद्धको सङ्घर्षलाई अगाडि बढाउँदै आएका छौँ । एकपछि अर्को गर्दै ओली सरकारले देखाएको अप्रजातान्त्रिक एवम् असंवैधानिक कार्यशैली र कार्यविधि नै अहिले देशको मुख्य राजनीतिक समस्या बन्न गएको छ । त्यो प्रतिगमनकारी कदमले एकातिर, नेपाली जनताका विभिन्न सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि सङ्कटमा पर्दै गएका छन् भने अर्कातिर, साम्राज्यवादी र प्रतिगामी शक्तिले टाउको उठाउँदै गएका छन् । त्यो कार्यका लागि ओली सरकार साम्राज्यवादी तथा प्रतिगामी शक्तिहरूको निमित्त बन्दै गएको छ । यस प्रकारको परिस्थितिमा देशमा प्रतिगमन विरुद्धको आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा हामीले जोड दिन्छौँ । जनताको शक्ति र बलद्वारा नै प्रतिगमनलाई परास्त गरेर देशलाई अग्रगमनको दिशामा लैजान सकिने छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।”

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.