काठमाडौँ । नेपालमा शुक्रबार थपिएका सङ्क्रमितभन्दा झन्डै तीन हजारबढी निको भएका छन् ।
Advertisement
गत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ६ हजार ९५१ सङ्क्रमित भएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ९ हजार ८४१ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार यो अवधिमा ९६ जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।
बिहिबार नेपालमा ६ हजार ९३९ जना सङ्क्रमित थपिएकोमा ७ हजार २२६ जना निको भएका थिए । यस्तै बिहिबार १०६ जनाको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म ५ लाख ४९ हजार १११ जना कोरोना सङ्क्रमित भएकामा ४ लाख २८ हजार ६७० जना निको भएका छन् ।