– सन्तोष सिम्खडा ##
Advertisement
(१)
प्रचण्ड गर्मी
आकासमा बादल
बर्सियो आगो !
(२)
चढ्दो रहेछ
संविधानको खोलो
उकालो पनि !
(३)
कर्नाली रुँदा
मेरो देशको निरो
नाच्दै छ ‘घाँटु’ !
(४)
‘प्रतिज्ञा गर्छु’
तर जिब्रोले भन्छ–
‘भो त्यो पर्दैन !
(५)
जान त हुने
तर देख्न नहुने
मध्यरातमा !