• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सत्ता टिकाउन ओली भारतीय साम्राज्यवादको खेलौना बने : मसाल


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी ओलीले पहिले राष्ट्रियताप्रति लिने गरेका केही अडान सत्ता टिकाउन परित्याग गरेको बताएको छ।

    Advertisement

    ओली सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेशले उनको गम्भीर प्रकारको राष्ट्रघाती कार्यशैलीलाई बताउने भन्दै मसालले ओली साम्राज्यवादको खेलौना बनेको आरोप लगाएको छ।

    बिहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादले लामो समयदेखि नेपालमा नागरिक आक्रमण गर्ने नीति अपनाउँदै आएको बताउनुभएको छ। उहाँले अहिलेको अध्यादेशले भारतीय साम्राज्यवादको त्यो नीतिलाई खुला प्रकारले अपनाएको पनि स्पष्ट पार्नुभएको छ।

    यस्तै, मसालले अहिले संसद पनि साम्राज्यवादीहरुको निशानामा परेका कारण ओलीले विघटन गरेको जनाएको छ । संसदको पुनर्स्थापना र नागरिकता अध्यादेश खारेज गराउन सबै लोकतान्त्रिक तथा देशभक्त शक्तिहरु एकजुट हुनुपर्नेमा मसालले जोड दिएको छ ।

    यस्तो छ प्रेस वक्तव्यः
    ‘आज देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको छ । त्यस प्रकारको स्थिति प्रधानमन्त्री ओलीको गलत र अवसरवादी प्रकारको कार्यशैली र कार्यविधिका कारणले नै उत्पन्न भएको हो । उनले देश र जनताको हित वा कुनै सिद्धान्त, संविधान, नीति र नैतिकताका आधारमा होइन, आफ्नो व्यक्तिगत पद, महत्वाकाङ्क्षा र सत्ताका लागि नै आफ्नो सम्पूर्ण कार्यविधिलाई अगाडि बढाउने काम गरिरहेका छन् । त्यसबाट जनताले लामो सङ्घर्षद्वारा प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता समेत समाप्त हुने सम्भावना रहनेछ । त्यही प्रकारले उनको त्यो कार्यविधिबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि गम्भीर आँच पुग्ने सम्भावना देखा परेको छ ।

    ओलीको अहिलेको सबैभन्दा बढी प्रहार संसदमाथि नै रहेको देखिन्छ । सर्वाेच्च अदालतले पहिले उनले गरेको संसदको विघटनलाई असंवैधानिक घोषित ग¥यो तर त्यसपछि पनि उनको लगातार जोड संसदको विघटन गर्नेतिर नै लक्षित रहेको छ । उनले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भइसकेपछि र अल्पमतमा परेपछि पनि पुनः संसदलाई विघटन गर्ने काम गरे । उनको त्यो कार्यपद्धति संविधान र विश्वभरमा प्रचलित प्रजातान्त्रिक प्रणालीका विरुद्ध नै रहेको छ । उनको त्यस प्रकारको कार्यपद्धतिले उनको अधिनायकवादी र प्रतिगामी चरित्रलाई नै बताउँछ ।

    ओली सरकारले भर्खरै ल्याएको नागरिकता सम्बन्धी अध्यादेशले उनको गम्भीर प्रकारको राष्ट्रघाती कार्यशैलीलाई बताउँछ । भारतीय साम्राज्यवादले लामो समयदेखि नेपालमा नागरिक आक्रमण गर्ने नीति अपनाउँदै आएको छ । अहिलेको अध्यादेशले भारतीय साम्राज्यवादको त्यो नीतिलाई खुला प्रकारले अपनाएको छ ।

    सरकारले नागरिकता सम्बन्धी अध्यादेश अगाडि ल्याउनुका साथै मधेशवादीहरू सरकारमा सहभागी हुन तयार भएको देखिन्छन् । वास्तवमा त्यसरी उनीहरूले खाली नागरिकतासम्बन्धी राष्ट्रघाती नीतिलाई बल पु-याउने मात्र होइन, संविधानमा संशोधनसहित आफ्ना सबै राष्ट्रघाती नीतिहरूलाई सफल पार्न प्रयत्न गर्नेछन् र ओली उनीहरूको हातमा खेलौना बन्दै गइरहेका छन् । त्यसकारण अहिले देशमा विकसित भएका घटनाक्रमलाई हल्का रूपमा लिनु गम्भीर गल्ती हुनेछ ।

    ओलीको कार्यविधिबाट थाहा हुन्छ कि उनी आफ्नै पहिलेका राष्ट्रियता सम्बन्धी अडानबाट पछाडि हट्दै गइरहेका छन् । वास्तविकता यो हो कि उनले आफ्नो सत्ता टिकाउनका लागि देशभित्र र कुनै आधार बाँकी नरहेको देखेपछि एक पछि अर्काे गर्दै विदेशी साम्राज्यवादी शक्ति तथा देशभित्रका प्रतिगामी शक्तिहरूको समर्थनमा आफ्नो अस्तित्व कायम राख्ने प्रयत्न गर्दैछन् । त्यो अवस्थामा देश र जनताका बृहत्तर हितका लागि उनको त्यस प्रकारको कार्यविधिका विरुद्ध व्यापक सङ्गठित र एकतावद्ध भएर सङ्घर्ष गर्नु राष्ट्रिय आवश्यकता भएको छ ।

    यसका लागि हामीलाई खुसी लागेको छ कि विभिन्न राजनीतिक शक्तिहरू त्यो सङ्घर्षमा अगाडि आएका छन् । निश्चय नै उनीहरूसित हाम्रा कैयौँ प्रकारका मतभेदहरू पनि छन् । हामीले ती मतभेदका साथै ओलीको अधिनायकवादी र प्रतिगामी कदमका विरुद्ध आउने शक्तिहरूसित बढी भन्दा बढी एकता कायम गर्ने प्रयत्न गर्नेछौँ ।

    अन्तमा त्यसप्रकारको संयुक्त आन्दोलन र जनताको उच्च प्रकारको चेतना र समर्थनका आधारमा ओलीका अधिनायकवादी र प्रतिगामी कदमलाई रोक्नु र पराजित गर्नु सम्भव हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।’
    २०७८ जेष्ठ १३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.