बारा । बारामा क्रियाशील पाँच राजनीतिक दलले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को नेपाल समूह र जनता समाजवादी दलले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
Advertisement
मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकमा नेताहरुले संविधान तथा लोकतन्त्रको मर्म र भावना बिपरित जनताको सार्भभौम संसद विघटन गरी मध्यावधी चुनाबको घोषणा गरिएको आरोप लगाएका छन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा महामारीबाट जनतालाई बचाउने दायित्वबाट सरकार पन्छिन खोजेको भन्दै संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
