दमौली । तनहुँका पाँच क्रियाशील राजनीतिक दलहरूले प्रतिनिधि सभा (संसद) विघटनको विरोध गरेका छन् ।
२०७८ जेठ ९ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले संविधान बचाउनका लागि संसद विघटनको विरोध गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठ, नेपाली काङ्ग्रेसका सचिव विश्व बास्तोला, नेकपा (माओवादी–केन्द्र) का सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का अध्यक्ष शङ्करनारायण श्रेष्ठ र जनता–समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार कृष्णराज घिमिरेको हस्ताक्षरमा प्रेसवक्तव्य जारी गर्दै संसद विघटनको विरोध गरिएको हो ।
वक्तव्यमा उनीहरूले भनेका छन्– “२०४६ सालमा भएको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र २०६२–६३ को लोकतन्त्र, सङ्घीयता र गणतन्त्र स्थापनाको आन्दोलनसमेत संयुक्त आन्दोलनकै उपज भएको स्मरण गर्दै हामी तनहुँका क्रियाशील राजनीतिक दल संविधान बचाउने अभियानमा सशक्त रूपमा जान फेरि पनि प्रतिबद्धता व्यक्त गर्दछौँ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
