उद्यव मगर, दोहा (कतार) ।
खाडी मुलुक कतारमा कार्यरत पाँच नेपाली सङ्गठनहरूले यही जेठ ८ गते गरिएको संसद विघटनको विरोध गरेका छन् ।
२०७८ जेठ ९ गते कतार नेपाली एकता समाजसहितका ती सङ्गठनले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै यस्तो आवाज बुलन्द गरेका हुन् ।
नेपालसहित सम्पूर्ण विश्व कोरोना महामारीमा आक्रान्त भएका बेला संसद विघटन गर्दै चुनावको मिति घोषणा गरिएकोमा उनीहरूको विरोध छ ।
त्यससँगै उनीहरूले संसद विघटनको विरुद्ध देशविदेशमा रहनुभएका सबैलाई एकताबद्ध भएर प्रतिरोधमा उत्रिनसमेत आह्वान गरेका छन् ।
संयुक्त प्रेसविज्ञप्तिमा कतार नेपाली एकता समाजका का.वा. अध्यक्ष खिम बुढा, नेपाली जनसम्पर्क समितिका सभापति मोहम्मद अजिज अली, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रकमध्वज राई, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैरे र नेपाली समाजका अध्यक्ष हिराधन राईको हस्ताक्षर रहेको छ ।
यस्तो छ, संयुक्त प्रेसविज्ञप्ति
