• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रम ओलीको तानाशाही प्रवृत्तिप्रति चार किसान संघको विरोध


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई तानाशाही प्रवृत्तिको सङ्ज्ञा दिँदै विरोध गरेका छन् ।

    Advertisement

    खासगरी इन्डो–अमेरिकी आडधापमा सत्तामा जमिरहने तारतम्य मिलाउन प्रम ओलीले यस्तो कदम उठाएको उनीहरूको दावी छ ।

    २०७८ जेठ ९ गते जारी संयुक्त प्रेसविज्ञप्तिमा उनीहरूले ओलीको यस्तो कदमबाट देश फेरि अर्को पटक अन्यौल, अराजकता र अँध्यारो सुरुङतिर धकेलिएको धारणासमेत उनीहरूले व्यक्त गरेका छन् ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
    “आम नेपाली जनता र प्रतिनिधि सभाको समेत विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीले आफैसमेत संलग्न भएर बनाएको संविधानको मर्म र भावान विपरीत पुनः मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेर देशलाई फेरि अर्को पटक अन्यौल, अराजता र अँध्यारो सुरुङतिर धकेलिदिएका छन् । यस कार्यको हामी जिम्मेवार चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन तथा अखिल नेपाल प्रगतिशील किसान सङ्घ बाह्य शक्ति, खासगरी इन्डो–अमेरिकी शक्तिको आडधापमा सत्तामा जमिरहने तारतम्य मिलाउन जे जस्तो कदम पनि उठाउने—यस्ता हर्कत्को घोर बिरोध गर्दछौँ ।

    देशमा बढ्दो कोरोना ब्याधीका कारण आम जनता आवश्यक औषधोपचारको आधारभूत सुविधा पनि पाउन नसकेर जीवनमरणको हाहाकारको स्थितिबाट गुज्रिरहेको दारुण स्थितिका बेला सम्पूर्ण राजनीतक दल, नागरिक समाज र समाजसेवी सङ्घसंस्थालाई समेत एकजुट बनाएर यस महामारीका विरुद्ध पीडित जनताको पक्षमा परिचालन गर्ने आवश्यक पहल र एकता प्रयास गर्नुको साटो सत्ताको सङ्कीर्ण स्वार्थको वशीभूत भएर ‘रोम जलिरहे पनि निरोले बाँसुरी बजाएको’ इटालीको कथालाई चरितार्थ गर्दै चालेको कदम नेपाली जनता र खासगरी आम किसानका लागि किमार्थ स्वीकार्य छैन भन्ने कुरा हामी प्रष्ट पार्दछौँ ।

    फैलिँदो कोरोना महामारीको तेश्रो लहर कारणसमेतले गर्दा चुनाव हुन नसक्ने स्थितिमा कार्तिक र मङ्सिरमा चुनाव गराउने हवाला दिँदै भङ्ग गरिएको प्रतिनिधि सभाको चुनाव हुन नसके पनि सत्तामा रहिरहन र अध्यादेशबाट देश चलाउन पाइने बहानाको खोजीसमेत यो विघटनबाट गरिन लागकाले यस्तो तानाशाही प्रवृत्तिको हामी जोडदार विरोध गर्दछौँ ।”

    विज्ञप्तिमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.