• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्नीलाई खाडीबाट परदेशी पतिको चिठी


  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
  • गोपाल गिरी ।।
    मेरी ह्रदयकी धडकन तिमी, असीम मायाका साथ मिठो सम्झना । बच्चाहरूमा आशिर्वाद ।

    Advertisement

    एक्काइसौँ शताब्दी प्रविधिको विकाश र नेट सञ्जालको युग हो । घरपरिवारदेखि टाढा हुने सबैले आफ्नो घरपरिवारका सदस्य र अर्धाङगिनीसँग इमो, भाइबर, म्यासेन्जर, ह्वाटसप आदिइत्यादिको माध्यमबाट दैनिक फोन संवाद, अडियो÷भिडियो कल गर्छौं ।

    आजभन्दा केही वर्षअगाडि पर्याप्त फोन सुविधा थिएन । देशविदेशबाट हालखबर, सन्चोबिसन्चो जान्नका लागि हस्तलिखित पत्रहरू रूपैयाँ ५, १० र २० को टिकट चिप्काएर हुलाकमार्फत पठाउने र महिनौँदिनपछि पत्र घरमा आइपुग्थ्यो । परिवर्तित समय र युगको मागअनुसार आजभोलि सबै सेवासुबिधा उपलब्ध हुँदाहुँदै पनि म विगततिर फर्किएर पुनः हस्तलिखित प्रेमपत्र लेख्दै छु । आसा छ, सहर्ष स्वीकार्ने छ्यौ ।

    विश्व महामारी कोभिड–१९ को दोसो चरणसम्म विदेशी भूमिमा सेवाक्षेत्रभित्रको पहिलो पङ्क्तिमा रहेर सकुशल आफ्नो जिम्मेवारी पूरा गर्दै छु । उच्च मनोबलका साथ अदृश्य शक्ति भाइरससँग सङ्घर्ष गर्दै जीवनयात्राका पाइला अगाडि बढाइरहेको छु ।

    अहिले पनि मेरो कार्यक्षेत्रभित्र करिब १२० जना पाकिस्तानी मुलुकका स्टाफ नर्सहरू दुई महिनाका लागि हाम्रो होटेलमा छन् ।

    पाकिस्तानबाट कुवेत आगमनसँगै एक हप्ताको क्वारेन्टाइन बसाइ र पिसिआर टेस्ट गरी नेगेटिभ हुनेहरू आफ्नो कार्यक्षेत्रमा जाने, सेवाप्रवाह गर्ने र निवास (होटेल) फर्किने गर्दछन् । केही नर्सहरू पोजेटिभ देखिएका कारण क्वारेन्टाइनमै छन् । ती सबै नर्सहरूको कोठा सरसफाइदेखि उनीहरूलाई चाहिने अत्यावश्यक सरसमान पु¥याउने जिम्मेवारी वहन गरिरहेको छु मैले ।

    मनको तरेलीमा विभिन्न तरङ्ग, शङ्का–उपशङ्का र गहु्रङ्गो मन हुनु स्वाभाविकै हो । तर पनि सुरक्षा कवच अपनाएर सेवा दिन बाध्य छु । थाहा छैन, यो महामारीको अन्त्य कहिले हुने छ र खुल्ला आकासमुनि धैर्यताको सास फेर्न कहिले पाइने छ ?

    तिमी सधैँ मेरो चिन्ता गथ्र्यौ† निरन्तर फोन सम्पर्क गरी सतर्कता अपनाउन निर्देशन दिन्थौ । आफू बालबच्चासहित गाउँघरमा सुरक्षित रहेको र कोरोनाले छुन सक्दैन भन्ने धारणा राख्थ्यौ । आज गाउँवासीको धारणा असत्य भएको छ । कोभिड–१९ को पहिलो चरण दूरदराजका गाउँबस्तीसम्म पुगेकै थिएन । अहिले स्थिति फरक छ । गाउँ गाउँको घरआँगनीसम्म दोस्रो चरणको भेरियन्ट व्यापक रूपमा फैलिएको छ । थुप्रै आफन्तहरू कोरोनाको चङ्गुलमा फसेका र कैयौँ आफन्तहरू गुमाउनुको असह्य पीडा छ । हरेक दिन बिहान उठेर मोबाइल खोल्नासाथ गाउँघरका आफूले चिनेजानेका व्यक्तित्व अफन्तजनको अपत्यारिलो रूपमा प्रतिबिम्बसहितको भावपूर्ण श्रद्धाञ्जलीका पोस्टहरू सामाजिक सञ्जालमा दिनहुुँ देख्न र सुन्नुपरेको छ ।

    मलाई थाहा छ, तिमी एक शिक्षित, सामाजिक र सफल गृहिणी हौ । सामाजिक भावना र आत्मबल बलियो छ । आफू, आफ्नो परिवार, गाउँ समाज र टोलछिमेकमा सुरक्षित रहनका लागि सूचना प्रवाह गर्ने, सुचित गर्ने गर्दछ्यौ । वर्तमान अवस्थालाई गम्भीरतापूर्पक लिएर सुरक्षा संयन्त्रको पालना गर्ने गर्दछ्यौ ।

    देशभरका हस्पिटलमा स्थिति भयावह छ । अक्सिजनको अभाव, बिरामीको अत्यधिक चाप र अत्यावश्यक सेवासुविधा, भ्यान्टिलेटर, आइसियु उपलब्ध हुन नसकेको कारण दैनिक धेरै नागरिकको देहावसान भएको घटनाक्रमलाई मनन गर्नेछ्यौ । शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन सन्तुलित आहार, शारीरिक व्यायाम गर्ने, अत्यावश्यक कामबाहेक बाहिर नजाने, सामाजिक दुरी कायम गर्ने, शरीर सफासुग्घर राख्ने, निरन्तर साबुनपानीले हात मिची मिची धुने, आफन्तजनको नजिक नहुने, टाढैदेखि ससम्मान नमस्कार गर्ने, मास्क÷स्यानिटाइजरको प्रयोग गर्ने, शुद्ध र सफा पानी उमालेर पिउने, साथै पाखापखेरो र घर वरिपरि भएका आयुर्वेदिक जडिबुटी, मरमसला† जस्तै– बेसार, अदुवा, लहसुन, अमला, कागती, सिस्नो, गुर्जो, कागती र अम्बाका पात, ल्वाङ, सुकुमेल, मरिच, टिमुर, ज्वानो र सिलटिमुर आदिइत्यादिको प्रयोगमा विशेष ध्यान दिने गरेकी छ्यौ ।

    यो विषम परिस्थितिमा देशमा केन्द्रदेखि प्रदेशसम्म राजनैतिक अस्थिरता पद र कुर्सीकै लागि सरकार ढलाउने र नयाँ सरकार बनाउने जोडघटाउको समीकरण, राजनैतिक पार्टीहरू एकापसमा लुछाचुडी, गैरजिम्मेवारि र घृणित खेल यथावत छ ।

    तिमीले आफ्नो जन्मघरदेखि समर्थन गर्दै आएको पार्टी नेतृत्वको सरकार असफल र निरीह सावित भएको छ । २०७४ सालमा सम्पन्न चुनावमा मेरो आस्था र समर्थन गर्ने पार्टीको चुनाव चिह्न गिलासमा भोट दिनुपर्छ भन्ने प्रस्ताव राख्दा गिलास चिह्नका उम्मेदवारले प्रत्यक्ष कहिँ कतैबाट जित्ने सम्भावना नरहेको हँुदा समानुपातिकमा विचार गर्न सकिने अभिव्यक्ति दिएकी थियौ । मेरो एक भोटका कारण प्रतिक्रियावादी शक्तिको जित हुने छ । त्यसैले भोट प्रतिक्रियावादीलाई फाइदा हुने गरी दिनुहुन्न भन्ने तिम्रो धारणा अहिले पनि मेरो कानमा गुन्जिरहेको छ ।

    आज कम्युनिस्ट पार्टीको सरकार हुँदाहुँदै पनि मासिक सातआठ हजार तलबभत्तामा बालबालिकाको पहिलो पाठशाला बालविकास केन्द्रमा सहजकर्ताको रूपमा सेवा गर्न बाध्य छ्यौ तिमी । श्रमको उचित मूल्याङ्कन हुने श्रमजीवी वर्गले सम्मानजनक पारिश्रमिक पाउने छन् भन्ने सम्माननीय प्रधानमन्त्रीको उद्घोष आश्वासनमै सीमित छ । पक्कै पनि सरकारका गतिविधि र कमी–कमजोरीको तथ्याङ्क सङ्कलन गरी समय समयमा सम्बन्धित निकायमा डटेर प्रश्न गर्ने र बालविकास सहजकर्ताको उचित पारिश्रमिकको माग सम्बोधन गर्न सरकारलाई दबाब दिने हरेक आन्दोलनमा सरिक हुने छ्यौ भन्ने अपेक्षा गरेको छु ।

    परिस्थिति सहज हुने र वैदेशिक आवागमनमा लगाइएको निषेधाज्ञा खुलेपछि निश्चित रूपमा नानीबाबुहरूलाई एकएक थान नयाँ लुगा र तिमीलाई रेसमी साडी, मलमलको चोलीसहित दुईचार ग्रामका गहना, झुम्का र मरुभूमिको कोसेली खजुर लिएर बिहानी उषाको लाली किरण झुल्किएजस्तै गरी आ,्निो प्यारो जन्मभूमिमा अवश्य आइपुग्ने छु ।

    त्यतिबेला लामो समयसम्मको असहज परिस्थितिमा परिवारदेखि टाढा रहनुको पीडा, दुःखसुखका भावना साटासाट गरौँला । साहु–महाजनको ऋणमध्ये ब्याजसम्म भुक्तानी गरौँला । नानीबाबुको विद्यालयमा बुझाउनुपर्ने शुल्क तिरौँला ।

    अन्त्यमा, प्रतिकूल समयमा पनि प्रिया तिमी विभिन्न कठिनाइँ, उतारचढाव र आरोह–अवरोहसँग डटेर सामना गर्दै सुरक्षित रहने र गाउँसमाज र टोलछिमेकमा सचेत रहन निरन्तर आह्वान गर्ने छ्यौ भन्नेमा म विश्वस्त छु ।

    विश्व महामारी कोभिड–१९ को अन्त्य र हाम्रो मिलनका लागि सङ्कल्पसहित जीवनको अन्तिम घडीसम्म पनि तिमीलाई अथाह माया गर्ने परदेशी पत्रदेखि बिदा चाहन्छु ।

    उही तिम्रो जीवनसाथी

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.