गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।।
अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) कर्णाली प्रदेशको प्रथम प्रदेश भेला २०७८ जेठ ५ गतेका दिन भर्चुअल माध्यमबाटसम्पन्न भएको छ ।
भेलाको प्रमुख अतिथिमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय अध्यक्ष डा. गोविन्दप्रसाद आचार्य तथा विशेष अतिथिमा महासचिव रामप्रकाश पुरी हुनुहुन्थ्यो ।
जीवन शाहीको अध्यक्षता तथा गिरीप्रसाद बुढाको सञ्चालनमा सम्पन्न भएको भेलाले जीवन शाही (सुर्खेत) को अध्यक्षतामा नौ सदस्यीय अन्पाको कर्णाली प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सहसचिव र सदस्यहरूमा क्रमशः अजय गिरी (कालिकोट), टङ्क आचार्य (सल्यान), धर्म दानी (सुर्खेत), समष्टि बुढामगर (रुकुम पश्चिम), कुबेरजङ्ग शाही (मुगु), लङ्कबहादुर कार्की (मुगु), देवजङ्ग शाही (कालीकोट) र धागिरथ शर्मा (दैलेख) निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा पूर्णबहादुर शाही (सुर्खेत), भानुभक्त भारती (सुर्खेत) र कविराज खत्री (दैलेख) रहनु भएको छ ।