• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दधीचिको बलिदान र सांसदहरू


  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
  • जितेन्द्र ढकाल ।।
    पुराणमा एउटा प्रसङ्ग आउँछ, ईन्द्र, वृत्तासुर र ऋषि दधीचिको ।

    Advertisement

    आफ्नो ईन्द्रासन कब्जा गर्ने वृत्तासुरलाई कसैगरी पनि पराजित गर्न नसकेपछि सत्ताच्यूत ईन्द्रले अरूको उक्साहटमा लागेर दधीचि ऋषिको हत्याको योजना बनाउँछन् ।

    अत्यन्त दुखी मुद्रामा उनी एक दिन महर्षी दधीचिको आश्रममा जान्छन् र हात जोडेर ऋषिसँग याचना गर्न थाल्छन्– “भगवान् ! ममाथि दया गर्नुहोस् । मेरो मद्दत हजुरबाहेक यो त्रिलोकमा अरू कसैले पनि गर्न सक्दैन । मेरो रक्षा गर्नुहोस् ।”

    यस प्रकार अनुनय–विनय गरिरहेका ईन्द्रलाई देखेर किञ्चित विष्मित हुँदै बडो कोमल स्वरमा दधीचिले सोधे– “हे राजन ! तिमीजस्तो शक्तिशाली देवताका राजालाई म जस्तो बुढो तपस्वीले के मद्दत गर्न सक्छु र ? कृपया सङ्कोच नमानी आफ्नो समस्या भन ।”

    सङ्कोच मानेकोजस्तो अभिनय गर्दै बडो विनीत श्वरमा ईन्द्रले अश्रुपूर्ण आँखाले हेर्दै आफ्नो सङ्कटको पोको फुकाए– “भगवान् ! देवगुरुहरूको सल्लाह र सुझावअनुसार हजुरको हाडबाट निर्मित विशेष प्रकारको बज्रको प्रयोगबाट मात्र वृत्तासुरको बध गर्न सकिन्छ, अन्यथा कुनै पनि दिव्यास्त्रले यो कार्य गर्न सक्दैन । वृत्तासुरको वधबिना देवलोक सुरक्षित हुन नसक्ने भयो । देवलोक सुरक्षित भएन भने कुनै पनि लोक र त्यहाँका प्राणीहरू असुरक्षित हुने छन् । तसर्थ हे करुणानिधान् ! हजुरले यो पुण्यकार्यका लागि आफ्नो हाड हामीलाई दिनुहोस् । भगवान् शिवको पनि यस्तै सुझाव छ ।”

    ईन्द्रका कुरा सुनेर एकछिन त दधीचिलाई उठ्नुसम्म रिस उठ्यो, “कत्रो हिम्मत हँ !”

    तर सोझा ऋषिमा लोक तथा जगत्को कल्याण हुन्छ भने भैगो म आत्महत्या गरिदिन्छु भन्ने भावना पैदा हुन गयो । यो कुरा सुनेपछि ऋषिपत्नीले ईन्द्रलाई सराप्नुसम्म सरापिन् र आफ्ना पति दधीचिलाई पनि सम्झाउनुसम्म सम्झाइन् । तर ईन्द्रको जाली कुराबाट दधीचि यति प्रभावित भइसकेका थिए कि के कुरा ठिक हो र के कुरा ठिक होइन भन्ने चेत र विवेक ऋषिले गुमाइसकेका थिए ।

    अन्त्यमा सोझा ऋषिले आत्महत्या गर्छन् र तिनै ऋषिको हाडबाट विश्वकर्माले बज्र बनाउँछन् र त्यही बज्रको प्रयोग गरेर ईन्द्रले वृत्तासुरको हत्या गर्छन् ।

    यस प्रकार कपटी ईन्द्रले दधीचिको स्वार्थपूर्ण नियतका साथ बलि दिएर देवलोकको राज्यसत्ता प्राप्त गर्दछन् ।

    वृत्तासुर र ईन्द्रको सत्तासङ्घर्षका माझमा निर्दोष दधीचि मारिन्छन् ।

    सत्तापिपासु गैरजिम्मेवार ईन्द्र सत्ताप्राप्तिको भोलि पल्टदेखि नै दधीचिको बलिदानको अपमान गर्दै लोककल्याणको कुरा बिर्सिन्छन् र पुनः सत्ताको व्यभिचारमा निमग्न हुन्छन् ।

    आधुनिक समाजमा पनि सत्तापिपासु कपटी ईन्द्रहरू कथित लोक–कल्याणकारी राज्यको आवरणमा दधीचिरूपी कतिपय सांसदलाई आत्महत्या गर्न उक्साइरहेका छन् ।

    हामी सबैले यस प्रकारको अलोकतान्त्रिक, गैरजिम्मेवार, कपटपूर्ण, विवेकहीन र अमानवीय गतिविधिको घोर विरोध र निन्दा गर्नुपर्छ ।

    बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.