अर्जुन पराजुली
Advertisement
सरकार !
तेरो पानी जहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट सिटी लैजा
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घर घरमा ल्याएको ग्यास लैजा
मेरो बाको औँठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा
सरकार !
यि सबैको बदलामा तैँले
मलाई एक सिलिण्डर अक्सिजन दे !