मेघराज रिष्मेली
Advertisement
कोरोना छेक्ने मास्क चाहिएको छ सरकार,
लकडाउनमा प्राण धान्ने चामल-दाल चाहिएको छ सरकार !
कहिले पुग्छन ति कुना कन्दरामा राहत,
बिजुली झैँ चाल चाहिएको छ सरकार !
गर्न त अब के नै सक्छौ र तिम्रा संयन्त्रले,
कोरोना रोगीलाई अक्सिजन चाहिएको छ सरकार !
राहतको नाममा भष्ट्राचारी भित्र छिरेका छन्,
भष्ट्राचार रोक्न कडा नियम चाहिएको छ सरकार !
गाउॅं गाउँमा सिंहदरबार आयो भन्थ्यौ,
गाउॅंका जनतालाई लुट्न कहिले छोड्छौ सरकार !
(मेघराज रिष्मेली, गल्कोट–९ रिष्मी बाग्लुङ, हाल जापान)