• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गरिबमारा कोरोना !


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • बालुवाटार, सिंहदरवार र शीतलनिवासका दरवारमा बस्नेहरुले उर्दि जारी गर्छन र भन्छन्– ‘निषेधाज्ञा, बाहिर ननिस्कनु ।’

    Advertisement

    एउटा गरिबको रित्तो कोठा, रित्तै पेट सुत्छ । तर तिनका दरवारहरुमा रातदिन पार्टीहरु चलिरहेका छन् ।

    सरकार जनतालाई उर्दि जारी गर्छ र भन्छ– ‘टाढै बस्नु, माक्स लगाउनु ।’ कसरी किन्नु जनताले माक्स र झुण्डाउनु मुखमा ? तर सरकार दिनदाहाडै नाङ्गै हिँड्छ । के तिनिहरुले नाङ्गो छोप्नु पर्दैन ? सरकारका मन्त्रीहरु छाडा बोल्दै हिँड्छन् । के तिनका थुकका छिटाले कोरोना सर्दैन ?

    सरकार जनतालाई उर्दि जारी गर्छ र भन्छ– ‘होटल पसल बन्द गर्नु, समानको बेचविखन नगर्नु ।’

    एउटा गरिबको लगानी डुब्छ, ऋणले घेरिन्छ । तर सरकार बालुवाटार र प्रदेशका मुख्य कार्यालयहरुबाटै सांसद र मन्त्रीहरुको खरिद बिक्री गर्छ ।

    जसले कोरोनाको नाममा ओम्नि र हुकम कम्पनी चलाएर लुट्छन तिनिहरु सरकारकै सुरक्षामा बाँचिरहने, अनि गरिब चाहिँ तिनले कमिशन नपाएको झोकमा भ्याक्सिन नपाएर कुकुर मरे जस्तै मर्नुपर्ने ? यो कस्तो न्याय हो ? जो एकछिन बाँच्नुहुदैन थियो उ बाँचिरहने, जो बाँचिरहनुपर्छ उ तड्पी तड्पी मर्नुपर्ने !

    जनता एम्बुलेन्स नपाएर ट्याक्टरमा मर्नुपर्ने, नेता हेलिकप्टर लिएर कोही ससुराली, कोही पार्टी छानीछानी सांसद हुन सयर गर्दै हिड्ने ? जनता अस्पतालको बेड नपाएर रातभर पानीले कुटेर सडकमै मर्नुपर्ने, कोही पीसीआर जँचाउने पालो कुर्दै रिक्सामै मर्नुपर्ने तर नेताहरु शक्ति र सत्ताको उन्मादमा जनतामाथि राज गरिरहने ।

    हाय म कस्तो देशमा जन्मिएँ र कस्ता शासकहरुवाट शासित हुँदै छु ? भनिदेउ न कोही म यो नबुझ्ने किन भएको छु ? एमसीसी पास गर्न खोज्नेहरु बाँच्ने, वाइडवडी निल्नेहरु बाँच्ने, सुन खर्लप्पै खानेहरु बाँच्ने, करोडका करोड भ्रष्टाचार गर्नेहरु बाँच्ने । कोशी बेच्ने, महाकाली बेच्ने, सरकारी कलकारखाना बेच्नेहरु बाँचिरहने तर एउटा गरिबलाई कोरोना लाग्ने ! उही अक्सिजन र बेड नपाएर तड्पी तड्पी मर्नुपर्ने !

    संसार कोरोनाको विरुद्ध लडिरहेछ । यहाँ सत्ताको लडाईं चलिरहेछ । संसारका सरकार जनता बचाउन लागि परेका छन्, हाम्रो सरकार जनता लडाउन लागि परेको छ । अपराधीहरु विभुषित हुँदै मन्त्री बनेका छन् । पद, प्रतिष्ठा र पैसाको लागि सांसदहरु खसी बोका जस्तै मोलतोल गरिरहेका छन् । उनीहरुको जिन्दगी फूल जस्तै छ । तर विचारा जनता बाँचेर पनि मरिरहेका छन् । काल पर्खिरहेका छन् ।

    (सुवाश संयम, प्युठान)

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.