काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आजै विदाइ गर्नुपर्ने चार कारण दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज (सोमबार) संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला डा. भट्टराईले ओलीलाई आजै विदाइ गर्नुपर्ने बताउनुभएको हो ।
सोमबार बिहान ट्वीट गर्दै डा. भट्टराईले लेख्नुभएको छ, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारणः १) कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको । २) संविधान विपरित संसद विघटन गरेर र दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको ३) संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको ४) खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको ।
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
— Baburam Bhattarai (@brb1954) May 10, 2021
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । डा. भट्टराईको पार्टी जसपाले उहाँलाई विश्वासको मत दिने वा नदिनेबारे स्पष्ट निर्णय गरेको छैन । सांसदहरुले स्वेच्छाले मत दिन पाउनेछन् ।
तर, भट्टराई–यादव पक्षका बहुमत सांसदले ओलीविरुद्ध मत दिनेछन् भने ठाकुर–महतो पक्षधर सांसदहरु ओलीलाई बचाउने पक्षमा देखिएका छन् ।