• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्री ओलीका अस्वाभाविक कदम


  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
  • जनकराज पौडेल ।।
    प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमहरू निश्चित रूपमा आफ्नै विवेकले चालेजस्तो देखिन्न । उनका गतिविधि हेर्दा सजिलै पत्याउन मुस्किल पर्दछ । पत्याउन यो मानेमा मुस्किल छ, ओली चौध वर्ष जेलमा लोकतन्त्र वा गणतन्त्रका लागि र निरङ्कुशता विरुद्ध बसेको भन्ने आम रूपमा थाह भएको विषय हो । तर पछिल्ला उनका गतिविधि, स्वभाव, शैली र अभिव्यक्ति ठिक विपरीत दिशातिर उन्मुख देखिन्छन् ।

    Advertisement

    पुष ५ गतेभन्दा केही दिनपहिला भारतीय “रअ” प्रमुखसँग ओलीको प्रधानमन्त्री निवास बालुवाटरमा गोप्य भेटवार्ता भयो । त्यस सन्दर्भमा लगातार भारतीय सेनाप्रमुख र अन्य अधिकारीसँगको भेटपश्चात् केपी शर्मा ओलीका अस्वाभाविक गतिविधि चाल्दै आए । उनका ती स्वेच्छाचारी कदमहरू स्वाभाविक छँदै छैनन् ।

    शङ्का गर्ने थुप्रै आधार छन् र उनका पछिल्ला व्यावहारिक पक्षले पनि ती आधारलाई बल नै पुगेको छ। सिधा र सरल रूपमा बुझ्न सकिन्छ, प्रधानमन्त्री ओलीको लागि सत्ता टिकाउने विषय प्राथमिकता बन्न पुगेको छ । त्यसका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि परेका छैनन् । अर्को पक्ष पनि उत्तिकै स्पष्ट देखिँदै आएको छ । केपी शर्मा ओली पदलोलुप चिन्तनले ग्रसित छन् ।

    जस्तै पुस ५ गतेको प्रतिनिधि सभा विघटन सार्वभौमसत्ता जनतामा निहित प्रतिनिधि सभा आफ्नो पार्टीभित्रको अन्तरकलह समाधान गर्न असफल रहेको झोँक र सनकमा संविधानमा नै नभएको अधिकार जबरजस्ती प्रयोग गरी स्वेच्छाचारी ढङ्गले, असंवैधानिक र प्रतिगामी कदम उठाई विघटन गरे । त्यो हिम्मत केपी ओलीको आफ्नै मात्र विवेक र बलबुतामा सम्भव भयो वा नेपालको संविधान, गणतन्त्र, धर्म निरपेक्षताप्रति अप्रसन्न र वर्षौंदेखि नेपाली जमिन अतिक्रमण गर्दै आएको, ती भूभाग लिम्पियाधुरासहितको कालापानी क्षेत्र नक्सामा राख्ने, निसानछापसहित सर्वसम्मत अनुमोदन गर्ने, प्रतिनिध सभा मन नपरेका शक्तिहरूको देशलाई अस्थिरतातर्फ धकेल्न उद्यत शक्तिहरूको उक्साहट वा प्रयोग हँुदै सत्ता कायम राख्न उक्त असंवैधानिक कदम उठाए वा ओलीभित्र गुम्सिएर लुकेको अधिनायकवादी प्रवृत्ति र चिन्तनको अनुकूलतामा स्वाभाविक प्रस्फुट भयो ? त्यो भविष्यमा पुष्टि हुँदै जाला ।

    असंवैधानिक र प्रतिगामी कदम चाल्न पछिल्ला गोप्य भेटवार्ता संयोग मात्र थिए वा सुनियोजित थिए ? त्यो पनि भविष्यले नै पुष्टि गर्ने छ । तर कतिपय पक्षहरू भने घटनाक्रमले पुष्टि गर्दै आएका पनि छन्; जस्तै– ओलीका असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदमको रक्षा कस्ता शक्ति, कुन पृष्ठभूमिबाट आएका व्यक्ति वा समूहले गर्दै आएका छन् ? अहिलेको व्यवस्था या गणतन्त्र, धर्म निरपेक्षताबारे एमालेइतर तर ओलीरक्षक र प्रशंसकको दृष्टिकोण कस्तो छ ? ओलीको पछिल्लो असंवैधानिक कदमप्रति गुनगानको रहस्य र सम्बन्ध के होला ?

    त्यसो त पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री ओलीमाथि विश्वास रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नु, ओलीले पशुपतिनाथमा करोडौँ रुपियाँको जलप हाल्नु, रामसीताप्रति ओलीको मोह एक्कासि चढ्नु, विदेशी शक्तिहरूसँग पछिल्लो समयको हिमचिप बढ्नु—यी घटनाक्रमबाट समग्र रूपमा के बुझ्न सकिन्छ भने सहिदका बलिदानद्वारा प्राप्त उपलब्धि संविधान र त्यसभित्र रहेका गणतन्त्र, धर्म निरपेक्षतामाथि कालो बादल मडारिरहेको छ । प्रतिगामी शक्तिहरू सलबलाउने अवसर पाएका छन् । फलस्वरूप देशमा प्रतिगमनको खतरा छ । ओलीको सत्तामोह र क्रियाकलापले देशका प्रतिगामी शक्तिका साथै नेपालमा राजनीतिक स्थिरता नचाहने शक्तिहरूलाई नै फाइदा पुगेको छ ।

    ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले उनको निर्णय बदर गरी पुनस्थापित गरेको अवस्थामा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्दथ्यो । सायद ओलीको शब्दकोशमा नैतिकता भन्ने शब्द नै रहेनछ । त्यसकारण उनले राजीनामा दिएनन्, बरु ओलीले आफ्नो सत्ता लम्बाउन प्रदेश सरकारहरू आफ्नो पक्षमा कायम राख्न साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गरिरहेका छन् । सांसद किनबेच, धाकधम्की, मन्त्रीको प्रलोभन देखाउँदै हदैसम्मको हर्कत् गरिरहेको दृष्य देख्न सकिन्छ । त्यसको जलन्त उदाहरण लुम्बिनी प्रदेश र गण्डकी प्रदेश हो । त्यसभन्दा पहिला माओवादी पार्टीबाट चुनाव जितेका, तर पछि ओली गुटमा सामेल भएका, दलत्याग कानुनअनुसार माओवादी–केन्द्रद्वारा पदच्यूत भएकालाई ओलीले क्षणभरमा नै सपथ गराएका थिए ।

    पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले दीपक मनाङेलाई खेलकुद मन्त्री बनाएको छ । ओली र सरकारका यस प्रकारका नाटकीय दृष्य एकपछि अर्को उघारिँदै आएको अवस्था छ ।

    सदनमा विपक्ष र जनताका सवालको जवाफ दिन प्रधानमन्त्री उपस्थित हुन्नन् । संसदमा सरकारद्वारा कुनै बिजनेस प्रस्तुत हुन्नन् । ओली अहिले पनि संसद विघटन गर्ने र मध्यावधि चुनाव आफ्नो नेतृत्वमा बनाउने ध्याउन्नामा छन् । त्यसको अर्थ ओली राज्यका सबै संयन्त्र दुरूपयोग गरी आफ्नो पक्षमा मत पार्ने र पुनः सत्तामा आउने दिउसै सपनामा डुबुल्किएका छन् ।

    दोस्रो भेरियन्ट कोरोना भाइरसले छिमेकी देश भारत हायलकायल अवस्थामा छ । दिनमा लाखाँै सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन् । सुविधासम्पन्न मुलुकमा अक्सिजन अभावले दिन–प्रतिदिन हजारौँको सङ्ख्यामा नागरिकको ज्यान गुमाएका छन् । दाहसंस्कार स्थलमा लास लामबद्ध छन् । मानिसहरू आफ्नो लास जमिनमा गडाउन पालो कुरिरहेका छन् । अत्यन्तै कारुणिक दृष्यहरू देखिएका छन् ।

    हाम्रो देश भारतसँग तीनैतिरबाट खुल्ला सीमा भएको देश हो । भारतको अहिलेको अवस्थाबाट नेपालमा दश प्रतिशत मात्र भारतीय भित्रियो भने नेपालको हालत के हुन्छ ? कल्पना गर्दा पनि डरलाग्दो दृष्य मानसपटलमा आउँछ । तर ओली सरकार त्यसरी भारतीयहरू आउन सक्ने सम्भावित अवस्थाबारे गम्भीर छैन । कोरोना रोकथामबारे सरकार योजनाविहीन छ ।

    घृणित सत्ताको खेलबाट ग्रसित सरकार करोडौँ धनराशी खर्च गर्दै सांसद किनबेचको फोहोरी तलाउमा चुलुम्मै डुबिरहेको छ । ओलीले राजनीतिलाई विकृत बनाउँदै लगिरहेका छन् ।

    अहिले देशमा जुन राजनीतिक अस्थिरता पैदा भएको छ, त्यसको मुख्य दोषी केपी शर्मा ओली नै हुन् । उनको बहिर्गमन अहिलेको मुख्य आवश्यकता हो ।

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.