• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पहिलो पटक शवयात्रामा जाँदा मैले जे अनुभव गरेँ…


  •   आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
  • प्राची भट्ट

    Advertisement

    २०७८ साल वैशाख ११ गते राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद सदस्य एवम् अखिल नेपाल किसान महासघंका केन्द्रीय सदस्य र मेरा आदरणीय अंकल हरिकृष्ण पाण्डेकी आमा जयकौरा पाण्डेको ८३ वर्षको उमेरमा निधन भयो । आमाको निधन सेती अस्पतालमा भएको थियो । निधन भऐकै दिन उहाँको शव जलाइयो ।

    नेपाली समाज रूढीवादी मूल्य मान्यता र परम्पराले ग्रस्त छ । पहिले देखि नै महिलालाई विभेद गर्ने, पूरूष भन्दा कमजोर सोच्ने माासिकता नेपाली समाजमा छ । महिनावारी हुँदा घरमा बस्न नदिने गोठमा बस्नु पर्ने, दाइजो नल्याएमा शारीरिक र मानसिक यातना दिने गरेको पाइन्छ । अझ कतिपयले त बुहारी वा श्रीमतीलाई घर निकाला गर्ने समेत गर्दछन् ।

    त्यस्तै मान्छेको निधन हुँदा महिलालाई असुद्ध ठानेर मलामी अथवा मान्छेको शव जलाउने ठाउँमा जान नहुने मान्यता थियो । तर समय बित्दै जाँदा कतिपय महिला मलामी जान थालेका छन् । म पनि वैशाख ११ गते १४ वर्षको उमेरमा पहिलो पटक मलामी गएँ । कम्युुुनिष्ट विचारधारा भएको घरमा जन्मेकी म यस्ता रुढिवादी परम्परामा विश्वास गर्दिन । त्यसैकारण शवयात्रामा मलाई कुनै प्रकारको अप्ठ्यारो अथवा डर लागेन । बरु त्यहाँ गएर मैले धेरै कुराको अवलोकन गरेँ । मान्छेको शव जलाउँदाको रीति रिवाज र यस्तै कैयौँ कुरा ।

    वाल्यकाल देखि नै प्रगतिशील सोच राख्ने आमा–बुवा, दाइ र हजुरबा, हजुुरआमासँग बसेकी म यस्ता रुढिवादी कुरामा विश्वास पनि राख्दिन । सबैले भौतिकवादी संस्कारलाई अंगाल्नु पर्छ भन्ने कुरा मैले बुझेकी छु । पहिलो कदम उठाउँदा अवस्य नै कठिनाइ हुन्छ, सबैले अनेक तर्क पनि राख्छन् । आज भन्दा करिब साढे दुई वर्षअगाडि मेरो प्यारो हजुरबुवाको निधन भयो । उहाँको मृत्यु पश्चात मेरो बुबा मनोज भट्टले उहाँको काजक्रिया नगर्ने निर्णय लिनुभयो । मेरो सबै परिवारले त्यो निर्णयसँग सहमति जनाउनु भयो ।

    त्यस्तै हरिकृष्ण पाण्डे अंकलले पनि आफ्नी आमाको काजक्रिया परम्परागत ढंगबाट गर्नुभएन । उहाँले पुरानो परम्परालाई परिवर्तन गरेर प्रगतिशील ढंगले आमाप्रति श्रद्धाञ्जली दिनुभयो । मलाई बाबा र अंकलले उठाउनु भएको कदम उचित लाग्यो । किन भने मान्छेलाई बाँच्दासम्म राम्रो गर्नुपर्छ । निधन भइसकेपछि त शव खरानी भइसक्छ, त्यसको केही अर्थ रहँदैन । हामीले पनि प्रगतिशील विचार र विज्ञानमा विश्वास गर्नुपर्छ । यस्ता रुढिवादी परम्परालाई हटाउँदै जानुपर्छ ।

    (प्राची  फारवेष्ट इङ्लिस बोर्डिङ स्कूल धनगढी, कैलालीमा कक्षा ८ मा अध्ययनरत छिन् ।)

    आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.