भरतपुर (चितवन) ।
सहिद मित्रमणि आचार्यको कृषि तथा वनविज्ञान अध्ययन संस्थान, रामपुरस्थित शालिकमा अखिल (छैठौं) रामपुरको आयोजनामा आज २०७८ वैशाख १८ गते माल्यार्पण गरी सहिद मित्रमणिलाई सम्मान गरिएको छ ।

कोभिड महामारीको कारण चितवनमा लगाइएको निषेधाज्ञाले गर्दा मई दिवस तथा सहिद मित्रमणि स्मृति दिवसमा गर्ने तय भएको कार्यक्रम स्थगित गरी माल्यार्पण मात्र गरिएको हो ।
आज अखिल (छैठौं) चितवनले सहिद मित्रमणिलाई सम्झिँदै दिउसो अनलाइनमा स्मृति दिवस तथा मे दिवसबारे छलफल कार्यक्रम गरी मनाउने अखिल (छैठौं) चितवनका अध्यक्ष कमल आचार्यले बताउनुभएको छ ।
आज बिहानै अखिल (छैठौं) रामपुरका अध्यक्ष नवराज पाण्डे, रक्तिम सांस्कृतिक अभियानका एलिना गौतम र एलिसा गौतम एवम् महिला नेतृ यसोधा शर्माले विश्वविद्यालयमा स्थापना भएको सहिदको शालिक तथा सहिद मित्रमणि पार्कमा पुगी माल्यार्पण तथा सहिदको स्मरण गर्नुभएको हो ।
