• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

परिवर्तनका लागि युवा र इतिहासमा सहिद मित्रमणि


  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
  • माधव पौडेल ।।
    २०४२ साल । नेपालमा पञ्चायती व्यवस्थालाई परास्त गरी बहुदलीय व्यवस्था स्थापना गर्ने निरन्तरको सङ्घर्षको लागि महत्त्वपूर्ण अभियानको सुरुवात हुने क्षण । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा पनि यसको माहोल बढिरहेको थियो ।

    Advertisement

    प्रगतिशील खेमाले पञ्चायती कालरात्रीलाई समाप्त गर्न पञ्चायतका विरुद्ध मात्र सङ्घर्ष होइन, कम्युनिस्टको बढ्दो प्रभाव मन नपराउने सबै प्रकारका शक्तिसँगको सङ्घर्ष एकैपटक बेहोर्नुपरेको थियो । त्यसका लागि पञ्चको संरक्षण र उपयोगमा रहेका युवा विद्यार्थीले प्रगतिशील पक्षलाई निसाना बनाइरहेका थिए । प्रशासनमा पञ्चका अनुयायीको एकलौटीजस्तै थियो ।

    विद्यालयहरू राजनीतिक प्रशिक्षणका लागि महत्त्वपूर्ण केन्द्र, पञ्चायत कालीन जोसिला विद्यार्थी, राजनैतिक कार्यकर्ताको भर्ती गर्न विद्यालयमा दरबन्दी व्यवस्थापन गर्ने र राजनैतिक आस्थाका आधारमा विद्यार्थीमाथि ज्यादती गर्ने, सामान्य गल्ती–कमजोरीमा पनि आस्थाकै आधारमा विद्यार्थीमाथि निस्कासनसम्मका सजाय एवम् व्यवस्था परिवर्तनका लागि लामबद्ध युवाविद्यार्थीमाथि सत्ताको चरम दुरूपयोग गरी गरिने दमन एवम् सत्ताउन्मादको फासीवादी चरित्रजस्ता विषयहरू पञ्चायत कालीन व्यवस्थाको इतिहास ताजा रहिरहँदासम्म मात्र होइन, पछिल्लो पुस्ताका हामीले पनि त्यसको झलक उही रूपमा पायौँ ।

    सहिद मित्रमणिसँगका घाइते तथा परिवारसँग

    वैशाख १८ गते यिनै परिवेशको एक घटना मेघौलीको जानकी माविमा भइरहेको थियो । सोही भेलामा एक विद्यार्थी निस्काशनको सन्दर्भसहितका विषयमा छलफल गर्न भेलाको आह्वान गरिएको थियो । पश्चिम चितवनका विद्यालयमा भएका ज्यादतीका विरुद्ध तथा विद्यार्थीलाई सङ्गठित गर्ने उद्देश्यका साथ वैशाख १६ गते बिहानै मित्रमणिसहितका विद्यार्थी नेताहरू उक्त क्षेत्रमा गएको र भेलाको आयोजना भएको थाह पाएपछि त्यसतर्फ जाने क्रममा आक्रमणकारीको निसानामा परेको घटनाका साक्षी तथा गम्भीर घाइते विजय भुजेल बताउनुहुन्छ । उहाँका अनुसार खुकुरी, भाला, कटारी, लाठीलगायतका हतियारको पूर्वतयारीसहित रहेका ६०÷७० जना गुण्डाले उहाँहरूलाई आक्रमण गरे । बाँच्नका लागि एक स्थानीयको घरमा छिरेका मित्रमणिलाई खुकुरीलगायत धारिलो हतियारको प्रयोग गरी हत्या गरे ।

    स्थानीय किसानको सहयोगले गम्भीर घाइते मित्रमणिलाई भरतपुर अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको थियो । हत्यामा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसका काङग्रेस र पंञ्चनिकट प्राध्यापक तथा विद्यार्थी नेताहरूको मुख्य योजना रहेको र बाहिरका नेपाल विद्यार्थी सङ्घका युवासमेतको प्रयोग भएको थियो । घटनाको प्रकृति र परिवेशअनुसार उक्त घटना सुनियोजित एवम् राजनैतिक प्रतिद्वन्द्विताको परिणाम नै थियो ।

    आदरणीय सहिद मित्रमणिलगायत असङ्ख्य ज्ञातअज्ञात सहिदको बलिदानीले देशमा विभिन्न परिवर्तन सम्भव भएको छ । सहिदको जुझारुपन, निडरता तथा क्रियाशीलताले आन्दोलनको आँधीबेहरी सिर्जना ग¥यो । उहाँहरूले त्यति मात्रै गर्नुभएन, हामीलाई निडरताका साथ अगाडि बढ्न प्रेरणा दिएर सहिद हुनुभयो । जति बेला अत्यन्तै असहज स्थिति थियो, सहिदका योगदान र बलिदानी नै सहज परिस्थितिमा रूपान्तरणका लागि मुख्य देन बन्न पुग्थ्यो । राणाशासन काल त्यसपूर्व, पञ्चायती शासन र त्यसपछि बहुदलीय व्यवस्थामा पनि धेरैले परिर्वतनकै लागि प्राण आहुति दिए ।

    सहिदहरूको जुनस्तरको बलिदानी हो, आज त्यस प्रकारको परिणामको आसा गर्नु त कुरै छाडौँ, सहिदको बलिदानलाई आधार बनाएर केही पार्टीहरूले सत्तालिप्सा, भ्रष्टाचार, गुण्डागर्दी तथा अराजनैतिक गतिविधिलाई प्रश्रय दिए । तसर्थ, हामीहरू जो सच्चा परिर्वनका वाहक हौँ, हामीले ती सबै ज्ञातअज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूले जुनस्तरबाट बलिदानी गर्नुभएको हो, त्यही बाटोमा दृढताका साथ अगाडि बढनुपर्छ ।

    विशेष गरी २००७, २०४६ तथा २०६२–६३ सालमा चलेका आन्दोलन प्रजातन्त्र प्राप्तिका लागि भएका छन । ती आन्दोलनका परिणामको ओज स्वार्थी दलहरूले घटाउने कार्य गरिरहेका छन् । आज पनि पूर्णतया प्रजातन्त्रको स्थापना हुने दिशामा राजनैतिक आन्दोलन अगाडि बढेको छैन । हामी पूर्ण प्रजातन्त्र प्राप्तिका लागि आधार निर्माण गर्दै अगाडि बढ्नुपर्दछ ।

    हरेक निर्णायक आन्दोलनमा विद्यार्थी र विद्यार्थी सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको थियो । विशेष गरी पञ्चायती शासन विरुद्धको विद्यार्थी आन्दोलन अत्यन्तै गतिपूर्ण थियो । त्यतिबेलाको आन्दोलनमा धेरै विद्यार्थी सहिद भए । पञ्चायती शासकले देशभरि जस्तै चितवनमा पनि व्यापक दमन तथा हत्याका शृङखला चलायो । त्यस प्रकारको शासनका विरुद्ध अगाडि बढेका शिव पौडेल, मित्रमणि आचार्यलगायतका विद्यार्थी नेताका विरुद्ध सुनियोजित तरिकाले आक्रमण गरी हत्या गरियो । २०४२ वैशाख १८ गते चितवनमा पञ्च–काङ्ग्रेसी गठबन्धनबाट हत्या गरिएका आदरणीय सहिद मित्रमणि आचार्यको बलिदानीलाई सहिद परिवार, सहपाठी घाइते साथी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिले गरेका स्मरणलाई लिँदा पनि स्पष्ट हुन्छ कि उहाँ त्यस समयमा, त्यस परिस्थितिमा पनि कति दृढतापूर्वक लागिरहनुभएको रहेछ ?

    कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर र हालको कृषि तथा वनविज्ञान विश्वविद्यालयले सहिद मित्रमणिलाई उहाँको गौरवपूर्ण इतिहाससहित सम्मानपूर्वक सम्झिरहेको छ । अखिल (छैठौं), कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसले २०६७ सालमा उहाँको प्रतिमूर्ति स्थापना गर्ने कार्य गरेको थियो । राष्ट्रिय जनमोर्चा अध्यक्ष एवम् तत्कालीन संविधान सभा सभासद का. चित्रबहादुर केसीले सहिद मित्रमणि आचार्यकी आमा पितम्बरादेवी आचार्यलगायत सयौँ शुभचिन्तकमाझ उक्त प्रतिमूर्ति एवम् मित्रमणि पार्कको उद्घाटन गर्नुभएको थियो । अखिल (छैठौं), कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसको नेतृत्व, नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सहजीकरण तथा सयौँ शुभचिन्तकको सहयोगमा उक्त पार्क निर्माण भएको हो ।

    पार्क स्थापना हुन नदिन अनेकौँ शक्ति लागिपरेका थिए । तत्कालीन अखिल (छैठौं) को केन्द्रीय समितिबाट प्राप्त अभिभावकत्व तथा कलेजको युद्धस्तरमा अहोरात्र खट्ने टिमको उत्साहबाट मात्र उक्त कार्य सम्पन्न भएको थियो ।

    अनावरण मन्तव्यमा का. चित्रबहादुर केसी

    उद्घाटनका क्रममा सहिद मित्रमणिको योगदानलाइ चर्चा गर्दै का. चित्रबहादुर केसीले भन्नुभएको थियो– “मान्छे मर्नका लागि नै जन्मेको हुन्छ, जसले अरूका सुखका लागि आफ्नो सुख मात्र नभएर प्राण नै त्याग्छ, तिनीहरू सहिद हुन र मित्रमणि त्यही आस्थाका सहिद हुनुहुन्छ । तसर्थ उहाँको मृत्युमा हिमालय टल्कियो ।”

    मित्रमणिका सहोदर जेठा दाजु टोपाराम आचार्यले गहभरि आँसु बनाउँदै भाइको हत्यापछि आफू एक्लो भएको महसुस गरेको बताउनुभएको थियो । मित्रमणि आचार्यको नेतृत्वमा विद्यालय तथा समाजमा विद्यार्थी र जनताको माझ पुग्दा सबै आर्कषित भएको तथा विद्यार्थी हक र अधिकारको सङ्घर्षमा उहाँले आम विद्यार्थीको नेतृत्व गरेको उक्त उद्घाटन कार्यक्रममा स्मरण भएको थियो ।

    २०४६/४७ मा नै उहाँको गृहजिल्ला प्युठानको बिजुवार बजारमा प्रतिमूर्ति स्थापना गर्ने कार्य सम्पन्न भएको थियो भने अहिले कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामुपर क्याम्पसको मुख्य प्राङ्गणमा अखिल (छैठौं) को अगुवाइमा सालिक तथा पार्कनिर्माण कार्य भएको छ । विगतका शालिक निर्माण गर्ने प्रयासमा भएका बाधालाई पन्छाउँदै तत्कालीन त्रिभुवन विश्वविद्यालयको लिखित स्वीकृतिमै सो प्रतिमूर्ति स्थापना भएको हो । कवि कृष्ण सेन (इच्छुक) ले मित्रमणिको सम्झनामा एक शोकाञ्जली नै प्रकाशित गर्नुभएको थियो ।

    उहाँको हत्याले सिङ्गो विद्यार्थी आन्दोलन नै स्तब्ध र मर्माहत बनेको थियो । २०१९ सालमा जन्मिनुभएका सहिद मित्रमणि आचार्य त्यो युवा उमेरमा व्यक्तिगत स्वार्थलाई पाखा लगाएर देश र जनताका लागि प्राण आहुति गर्नुभयो । उहाँका सपना अधुरा नै छन । परिर्वनका वाहक युवा एवम् विद्यार्थी अगुवालाई देशले गुमायो ।

    हत्याको मुख्य कारण राजनीति थियो । पञ्चायती शासनको बिगबिगी तथा वामपन्थीका विरुद्धमा भएको पञ्चकाङ्ग्रेसी गठबन्धन नै हत्याको कारण बनेको थियो । वास्तवमा त्यो आक्रमण समग्र वामपन्थी आन्दोलनलाई चुनौती दिने योजनाको थियो र पूर्ण प्रजातन्त्र प्राप्तिका विरुद्धमा थियो । परिर्वतनका लागि द्रुत गतिमा लागेकालाई मास्नेबाहेक के उपाय नै थियो र पञ्च तथा काङ्ग्रेसीलाई ? विवेकहीन न्यायप्रणालीका कारण हत्यारा सहजै संरक्षणमा रहे भने सहिदका संवेदकले झन् सास्ती बेहोर्नुपर्यो ।

    आज विद्यार्थी आन्दोलन विगतजस्तो स्पष्ट एवम् दृढ सङ्कल्पित रहन नसकिरहेको सर्वत्र प्रतिक्रिया छ । उहाँहरूको योगदानबाट आजको युगको आन्दोलन अझ परिष्कृत एवम् वैज्ञानिक हुँदै जानुपर्नेमा त्यति उपलब्धिपूर्ण बनिरहेको छैन । यस्तो अवस्थालाई खबरदारी गर्दै अतुलनीय सङ्कल्प बोकी नेपाल र नेपालीको सर्वोपरि हितका खातिर लडने मित्रमणिलगायतका सहिदको उद्देश्यलाई लगातार पुनःस्मरण गर्दै अगाडि बढ्नैपर्छ । उहाँहरूको फलामे अनुशासन, कर्तब्यबोध, साहस तथा दृढ सङ्कल्पलाई हामीले आत्मसात गर्दै सुव्यवस्थाका लागि लगातार लडिरहनुपर्छ ।

    वर्तमानका अधिकांश राजनैतिक नेतृत्वलाई मूल्याङ्कन गर्ने हो भने युवा वा विद्यार्थी कालमा निस्वार्थ एवम् जुझारुपनका साथ समाज परिवर्तन र रूपान्तरणका लागि अभियान सञ्चालन गर्ने र जीवनकालभरि आफ्ना सबै प्रकारका अवसरलाई उपयोग गर्न तिनै युवा अवस्थाको जुझारुपनको हवाला दिई निजी स्वार्थ पूरा गर्न सीमित गर्ने प्रवृत्ति नेपालका लागि सामान्य बनेको छ । विश्वविद्यालय तथा कलेजमा राजनीतिप्रतिको नकारात्मक तथा भ्रमपूर्ण सञ्चार, युवा विद्यार्थी तथा कार्यकर्ताको बुख्याँचा प्रवृत्ति, राजनैतिक नेतृत्वको सधैँ नेतृत्व गर्ने सीमित महत्त्वाकाङ्क्षा, समाजको भ्रष्टाचारलाई नै बढावा दिने संस्कार, मिहिनेतकस युवाको निरासापनाका बिच बैदेसिक रोजगारीको दिशाहीन यात्रा, परिवर्तनगामी बताउनेको श्रमप्रतिको असंलग्नता, दलाल एवम् अवसरवादी चिन्तन तथा निजी महत्त्वाकाङ्क्षाका लागि सत्तासँग विचारको समन्वयकारी प्रवृतिले सहिदको बलिदानलाई अन्याय गरिरहेको छ ।

    अहिले संविधानमा उत्कृष्ट शब्दहरूको छनौट गरी छलकपट गर्ने, काल्पनिक पार्टी विधान र घोषणापत्र तयार गरी व्यवहारमा सामन्ती, दलाल पुँजीवादी चिन्तन र निरासाको सञ्चार गराउने र समाजको प्रगतिशील रूपान्तरणका लागि बाधा पैदा गरिएका छन् । यी बाधालाई चिर्न अत्यन्तै सुझबुझपुर्ण र सिर्जनात्मक युवा नेतृत्वको खाँचो भएको छ ।

    निर्माण टिमसँग सहिद परिवार र अतिथिहरू

    यस प्रकारको परिस्थितिमा सहिद मित्रमणि बाँचेको भए सोही जोस, होस र जुझारुपनालाई कायम राख्दै वर्तमानको अकर्मण्य अवस्थालाई कसरी चिर्न सक्नुहुन्थ्यो र विद्यार्थी जीवनमा प्रदान गरेको नेतृत्व सिङ्गो नेपाली समाजको प्रगतिशील रूपान्तरणमा प्रतिबिम्बित हुन सक्थ्यो भन्ने आसा वैशाख १८ को हत्याले रोकिदिएको छ ।

    हामी बाँचेकाहरू, आउनुहोस्, सहिद मित्रमणि आचार्यलगायत सम्पूर्ण सहिदले देश र जनताको मुक्तिको महान् उद्देश्यका लागि दिएको अतुलनीय योगदानको पुनःस्मरण गर्दै नेपाली समाजको प्रगतिशील तथा गतिशील परिवर्तनका लागि दृढ सङ्कल्पसाथ अगाडि बढौँ ।
    घोराहीको कारागारबाट शोकाञ्जलीका हरफमा कवि कृष्णसेन इच्छुकले सहिद मित्रमणिलाई स्मरण गर्दै लेखेको विषयलाई गम्भीरताका साथ मनन गरौँ :

    पीडाका आँसु नबगाउन् कोही
    हाम्रो अवश्यमभावी विजयका लागि
    तिम्रो रोहबरमा हामी एकसाथ लडेको युद्ध
    अन्तिम टुङ्गो लाग्नै बाँकी छ
    जितको हाराहारीवाट
    निम्छरा भएर पिठ नफर्काउन् कोही
    ए, देशको उज्ज्वल तारा !
    ए, प्यारो आदरणीय सहिद !
    ए, मेरो प्रिय सखा !
    तिम्रो सुन्दर सपनाको रमणीय बगैँचामा
    सुखद बिपनाका फूल नफुलेसम्म
    तिम्रो सम्मानमा यही नै साँचो श्रद्धाञ्जली हुने छ ।

    शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.