मानिस कंडेल,गल्कोट ।
गल्कोट नगरपालिका– ९ को रिश्मिमा अखिल नेपाल युवक संघको वडा भेला सम्पन्न भएको छ । युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माको प्रमुख आतिथ्यतामा आज भेला सम्पन्न भएको हो । भेलाले सुरज गौतमको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक सहित १७ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पिताम्बर सापकोटा , सचिव बिक्रम सापकोटा, सहसचिव बिमल गौतम र कोषाध्यक्षमा दान बहादुर केसि चयन हुनु भएको छ । सदस्यहरुमा बिनोद विक, सुरज विक, चित्र विक, गणेश सापकोटा, पर्शुराम सापकोटा,रेशम केसी र २ स्थान हाललाई रिक्त राखिएको छ । भने बैकल्पिक सदस्यहरुमा राम विक, सन्त विक, विजय सापकोटा, सुसन सापकोटा रहनु भएको छ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का पूर्वअध्यक्ष नारायण सापकोटा, युवक संघका जिल्ला कोषाध्यक्ष तथा गल्कोट इन्चार्ज अनिल गिरी, अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटा, राजमो गल्कोट नगर सदस्य नारायण सापकोटा, गल्कोट–९ का राजमो अध्यक्ष दिलाराम सापकोटा, युवक संघ जिल्ला सम्मेलन तयारी समितिका सदस्य मनिश कंडेल, युवक संघ गनपा–३ का वडा अध्यक्ष राजेन्द्र सापकोटा लगाएतले भेला सफलताको शुभकामना दिनु भएको थियो।
भेलामा युवक संघका जिल्ला सदस्य भीषम छन्त्याल, गल्कोट–९ का वडा अध्यक्ष डिलाराम सापकोटा, युवक संघ गल्कोट–८ का सचिव प्रदिप कंडेल समेतको आतिथ्यता रहेको थियो।
युवक संघ गल्कोट–९ का अध्यक्ष विनोद विकको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई सुरज गौतमले सञ्चालन गर्नुभएको थियो भने विक्रम सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो।
युवक संघले यही वैशाख २४–२५ मा गल्कोटमा ११ औं बागलुङ जिल्ला सम्मेलन गर्दै छ ।