मनिस कंडेल, गल्कोट ।
अखिल नेपाल युवक संघ गल्कोट–८ कांडेवासको वडा भेला सम्पन्न भएको छ । आज (शुक्रबार) पचुवामा सो भेला सम्पन्न भएको हो ।
प्रमुख अथिती अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले उदघाटन गर्दै नेपाली युवाहरूको भविश्य माथी खेलबाड गर्न सत्तारूढ दल जिम्मेवार रहेको बताउनु भयो । उहाँले युवाहरुलाई खेलौना नसम्झन समेत आग्रह गर्नु भयो । मन्तव्यकै क्रममा उहाँले रोजगारीको लागि विदेश नै जानुपर्ने बाध्यता सरकारले पारेकोले रेमिट्यान्सले मुलुक समृद्धि नहुने समेत बतानु भयो।
कार्यक्रममा अतिथिहरु राष्ट्रिय जनमोर्चाका गल्कोट नगर सदस्य रुमाकान्त गौतम र अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटाले भेला सफलताको शुभकामना दिनु भएको थियो।
भेलाले हिमाल कंडेल अध्यक्ष रहेको ९ पूर्ण ४ बैकल्पिक गरि १३ सदस्यीय अखिल नेपाल युवक संघ गल्कोट–८ (कांडेवास) वडा समिती गठन गरेको छ। जसको उपाध्यक्षमा सागर शर्मा, सचिव प्रदिप कंडेल, सह–सचिव विकास चालिसे, कोषाध्यक्ष ललिता बिक चयन हुनु भएको छ । सदस्यहरुमा मनिष कंडेल, भावना केसी, दिपक चालिसे, सुरज सुनार हुनुहुन्छ ।
त्यस्तै बैकल्पिक सदस्यमा प्रविन केसी, संगीता सुनार, सुसान्त कंडेल र एक स्थान रिक्त राखिएको छ। त्यसैगरी समितीले राजु केसी, दिपक सुनार, श्याम सुनार र जय लाल चालिसे रहेको ५ सदस्य सल्लाहकार समित समेत निर्वाचित गरेको छ।
युवक संघ बाग्लुङका गल्कोट–८ का वडा सदस्य मनिष कंडेलको अध्यक्षता सुरु भएको भेलाको स्वागत ललिता विकले गर्नु भएको थियो भने सञ्चालन हिमाल कंडेलले गर्नु भएको थियो । अखिल नेपाल युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलन यहि बैशाख २४–२५ गते गलकोटमा सम्पन्न हुँदै छ।