काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय सभामा रिक्त स्थानमा जेठ ६ गते उप निर्वाचन हुँदैछ ।
Advertisement
वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो ।
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री थापालाई रिक्त पदमा उम्मेदवार बनाउने बताउनुभएको हो ।