• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

एक्काइसौँ शताब्दीको रंगभेद नीति र जातीय विभेद


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • भैरवराज रेग्मी

    Advertisement

    (यो लेख तयार पार्दा कालाजातिमाथि अमेरिकी रंगभेद नीतिको कारणबाट अमेरिकी नागरिक जर्ज फ्लोयड र नेपालका नवराज विकलगायत दलितजातिमाथिको हत्याले विश्व नै हल्लाइदिएको थियो । यस प्रकारको हत्याको विरुद्ध सङ्घर्ष अहिले पनि अमेरिकामा समाप्त भएको छैन । अमेरिकामा डेरेक काउमिन विरुद्धको मुद्दा अन्तिम चरणमा पुगेको छ । उसलाई निर्दोष सावित गर्न अमेरिकी सरकार लागिपरेको छ । उनीहरूमाथि भएका दमनको विरुद्ध आवाज उठिरहेका छन् ।

    नेपालमा नवराज विकमाथि उच्चजातिले गरेको आक्रमणबाट नेपाल सरकारले दलितजातिलाई कति न्यायोचित काम ग¥यो? यसको लेखाजोखा अझै समाप्त भएको छैन । यस प्रकारको आवाज अझै नसेलाइरहेका अवस्थामा यससम्बन्धी लेख प्रकाशित गर्नु सान्दर्भिक भएकाले यसको प्रकाशन गर्ने काम भएको छ–लेखक)

    १. २०२० को अप्रैल–जुन महिनाभित्र अमेरिका र नेपालमा विश्वलाई नै हल्लाउने दुई वटा घटना घटे । प्रथम– नेपालमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका युवक नवराज विकको रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मल्ल थरकी युवतीसँग दलित युवक नवराज विकसँग प्रेमविवाहको निहुँमा उक्त चौरजहारी रुकुमका कथित उच्चजातिका मल्लठकुरी बाहुल्य भएका गाउँलेहरू नै उठेर उनीलगायत दलित समुदायका छ जना युवाहरूमाथिे सङ्गठित रूपमा विभत्स हत्या गरियो । द्वितीय– अमेरिकामा कालाजातिका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई अमेरिकी सुरक्षा अधिकारीद्वारा बिच सडकमै घुँडाले घाँटी थिचेर नृशंस हत्या गरियो ।

    यस प्रकारको विभत्स घटना रङ्गभेद र जातीय विभेदका प्रतिनिधिमूलक घटना बन्न पुगेका छन् । दुवै देशमा यस प्रकारको विभेद अन्त गर्ने संविधान र कानुन निर्माण गरिएका छन् । अमेरिकाले त विश्वमा प्रजातन्त्रको उत्कृष्ट नमुना भएको देश भनेर पहिचान दिने गर्दछ भने नेपाल प्रजातान्त्रिक आन्दोलनमा अघि बढ्दै गइरहेको र यस प्रकारका विभेदको अन्त वैधानिक र कानुनी रूपमा अन्त भएको घोषणा गर्ने देश हो । यस प्रकार विश्वको उत्कृष्ट प्रजातान्त्रिक र विकसित देश भनेर प्रस्तुत हुने अमेरिकामा नै राज्यकै प्रहरीबाट विभत्स हत्या हुनुले उसको बताउने गरेको उत्कृष्ट प्रजातन्त्रको खिल्ली उडाएको छ भने २०६२–६३ को जनान्दोलनले ल्याएको गणतान्त्रिक नेपालको संविधान पनि उपहास बन्न पुगेको छ । अमेरिकालाई विश्वको स्वर्ग, कुनै प्रकारको शोषण वा विभेद नगरिने, कानुनी राज्यमा चल्ने भनेर परिभाषित गरिन्छ र उक्त स्वर्गको देश अमेरिकामा जान, बस्न, नोकरी गर्न विश्वका मानिसहरू लालायित हुन्छन् । तर उक्त “स्वर्ग” को देशमा कति क्रुर जातीय विभेद रहेको छ भन्ने कुरा जर्ज फ्लोयड हत्याकाण्डले स्वर्ग गर्भमा रहेको विभेदका तथ्यहरू उजागर गर्र्न पुगेको छ ।

    नेपालमा गणतान्त्रिक संविधान र त्यसअन्तर्गत कानुन निर्माण भएता पनि सामन्त कालीन व्यवस्था अन्त नभएको पुष्टि हुन पुगेको, उच्चजातिको सत्ता कायमै रहेको र “निच” जातिलाई पशुसरह व्यवहार गर्ने प्रथा अन्त नभएको यसले पुष्टी गरेको छ ।

    यी घटनाहरूले विश्वमा स्थापित पुँजीवादी व्यवस्थाको धज्जी उडाउँदै यसमाथि फेरि एकपटक प्रश्नचिह्न खडा गरिदिएको छ । एक्काइसौँ शताब्दीको पुँजीवादी व्यवस्थाले जातीय विभेद र रङ्गभेद उन्मूलन गर्न त परै जाओस्, यसलाई झन् कायम राख्ने चरित्र देखाइदिएको छ ।

    नेपालमा नवराज विकलगायतका दलितको हत्याकाण्ड सन् २०२० को उच्च जातीय विभेदको नमुना घटना हो । नेपालमा गणतन्त्र आयो, जहानियाँ राणाशासनको अन्त्य भयो (यो अन्त्य गर्न आवश्यक थियो र प्रगतिशील कदम पनि हो) तर देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक स्वरूपमा परिवर्तन आएन । त्यसैले नवराज विकले पूर्ण न्याय पाउने छैनन् । नेपालका कानुनले उच्च जातीय सामन्तीवर्गलाई नै पक्षपोषण गर्ने छ ।

    २. जर्ज फ्लोयड हत्याकाण्ड
    अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा २५ मे २०२० मा कालाजातिका अमेरिकी नागरिक ४६ वर्षीय जर्ज फ्लोयडलाई मिनियापोलिसका प्रहरी अधिकृत डेरेक काउमिनले घटनास्थलनजिकै रहेको रेस्टुरेन्टको ग्रोसरीबाहिर निस्केका फ्लोयडलाई समातेर बिच सडकमा आठ मिनेटजति घोप्टो पारेर घुँडाले घाँटी थिचेर मारे । उनका साथमा चार प्रहरीहरू थोमसलेन, टाउथाओ, जे. अलेक्जेन्डर, कुङलगायत सरिक थिए । उनलाई २० अमेरिकी नक्कली डलर रेस्टुरेन्टको ग्रोसरीमा दिएको आरोपमा जबर्जस्ती समाई मारिएको थियो । उनीमाथि नक्कली डलरको कारोबार गरेको आरोप लगाइयो । अमेरिकी कानुनमा यसरी बिनाप्रमाण वा प्रमाण प्राप्त भए पनि नृशंस हत्या गर्ने कानुन छैन ।

    यस्तो व्यवहार सरकारी तबरबाट नै किन गरिन्छ? यसको स्पष्ट जवाफ आउँछ, अमेरिकामा अमेरिकी कालाजातिलाई अमेरिकी कानुन व्यवहारमा प्रयोग गरिन्न । गोराजातिले कालाजातिलाई कानुनमै रहेको विभेद, जसलाई रङ्गभेद भनिन्छ, यो नीतिमा अमेरिका बद्नाम छ । अमेरिकामा बसोबास गरिरहेका कालाजाति अहिलेसम्म आफ्नो अधिकारका लागि सङ्घर्ष गरिरहेका छन् ।

    जर्ज फ्लोयडलाई प्रहरीले घाटी थिचिरहँदा ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्दै उनी चिच्याइरहेका थिए । तर आठ मिनेटसम्म घाँटी थिचिरहने काम मार्ने नियतले नै प्रहरी अधिकृत डेरेकले गरेका हुन् । यसका विरुद्ध ८० भन्दा बढी अमेरिकी सहरमा ‘मलाई सास फेर्न गाह्रो भयो’, ‘कालाहरूको जीवन पनि जीवन हो (ब्ल्याक लाइभ म्याटर), न्याय पनि छैन, शान्ति पनि हुन्न (नो जस्टिस, नो पिस) को नारा लगाउँदै कालाहरूले प्रदर्शन गरिरहे । यसरी अमेरिकाभर गरिएको प्रदर्शनलाई ट्रम्प प्रशासनले आन्तरिक आतङ्कवाद भनेको थियो ।

    अमेरिकामा एन्टिफा ग्रुप, जो कालाजातिको सङ्गठन हो, जसलाई आतङ्कवादी घोषणा गरिएको छ, फ्लोयडका विरुद्धको सङ्घर्षलाई पनि एन्टिफा जस्तै आतङ्कवादीको सङ्ज्ञा दिइएको छ । ट्रम्पले त लुटेराको झुण्ड भन्दै आतङ्कवादीको सूचीमा राख्न निर्देशनसमेत दिएका थिए । यसरी फ्लोयडमाथि गरिएको सरकारी हत्या ट्रम्पको न्याय विभागमा रहेको न्यायालयको हात रहेको भनिन्छ ।

    अहिले पनि सङ्घीय, प्रान्तीय न्यायालय तथा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा कालाजातिलाई प्रवेश गर्न विषेध गरिएको छ । जर्ज फ्लोयड २०१९ देखि वाउन्सको रूपमा काम गर्दथे । उनलाई मार्ने डेरेक सोमिन धेरै वर्षदेखि सुरक्षा अधिकारीको रूपमा काम गर्दथे । यिनले २०१५ मा मिनियापोलिसमै २४ वर्षीय काला जमर क्mलार्कलाई मारेका थिए ।

    २०१६ मा ३२ वर्षीय अर्का काला फिलान्डो कासराइललाई पनि मारेका थिए । २०१८ मा ३१ वर्षीय थर्मन ब्लेमिन्सलाई पछाडिबाट गोली हानेर मारिएको थियो । २०१४ मा जर्ज फ्लोयडलाई जस्तै काला एलिक गार्नरलाई पनि घाँटी थिचेर मारिएको थियो । एलिक गार्नरलाई मार्ने बेलामा राष्ट्रपति बराक ओबामा थिए । यसरी फ्लोयडका हत्यारा प्रहरी अधिकारी डेरेक सोमिनमाथि १८ वटा हत्याभियोग लागेता पनि प्रहरी सेवामा रहिराखेकै छ । हत्याको अर्काे अहमद बरबरीको घटना पनि जर्जियामा घटेको थियो । त्यो हत्याकाण्डको भिडियो प्रमाणलाई जर्जियाको न्यायालयले प्रमाण मानिदिएन ।

    ३. कालाजातिमाथिको विभेदको ऐतिहासिक शृङ्खला
    अमेरिकीले कालाजातिलाई दासको रूपमा सन् १६१८ देखि अमेरिका ल्याएका थिए । उनीहरूलाई शारीरिक श्रमको रूपमा प्रयोग गरे । उनीहरूको दासजीवन १४४ वर्षसम्म बित्यो । सन् १८६३ मा राष्ट्रपति अब्राहम लिङ्कनले दासमुक्तिको घोषणा गरे । सन् १८६५ मा अमेरिकी संविधानको तेह्रौ“ संशोधनले कालाजातिलाई दासबाट विधिवतः मुक्त ग-यो । दासमुक्तिको घोषणा कानुनी रूपमा भए पनि उनीहरूमाथिको विभेद र दमनको अन्त भएन । दासलाई ४० एकड जमिन र एउटा खच्चर दिने नीति थियो । अब्राहम लिङ्कनको हत्यापछि त्यो व्यवस्था पनि अन्त भयो । अमेरिकाको १८ वर्षे पुनःनिर्माण काल (सन् १८६५–७७)मा संविधानको तेह्रौँ, चौधौँ र पन्ध्रौँ संशोधनबाट कालाहरूले नागरिक हक प्राप्त गरे ।

    संविधान संशोधन भएता पनि दक्षिणी राज्यहरूले विभेदकारी कानुन १०० वर्षसम्म कायमै राखे । सेग्रिगेसन (अलगाव) कानुनअनुसार अश्वेतले गोरासँग हात मिलाउन नपाउने, सँगै बसेर खाना खान नहुने, गोराले हाँकेको कारमा पछाडि सिटमा बस्नुपर्ने, कालाले गोरासँग विवाह गर्न नहुने, कालालाई बस्ने, काम गर्ने क्षेत्र, समय र पारिश्रमिकको अलग्गै निर्धारण गरियो । ‘सेपरेट बट इक्वेल’ कानुनको रूपमा सर्वोच्च अदालतले मान्यता दिएपछि मात्र अमेरिकी नागरिकको हक प्राप्त गरे पनि उनीहरूमाथि गोराजातिले के.के.के. (कुक, क्लार्क, क्लान) जस्ता आतङ्ककारी सङ्गठनमार्फत कालामाथि दमन गर्ने विभिन्न नीति अगाडि सारे । अमेरिकी राष्ट्रपति विल्सनले यस प्रकारको के.के.के. नीतिलाई समर्थन गरेका थिए । यसअन्तर्गत गोरा महिलालाई आँखा जुधाएको आरोपमा रुखमा झुण्ड्याउने, जिउँदै जलाउने, उनीहरूको घरबार र उनिहरूलाई मात्र बनाइएको अलग चर्चमा आगो लगाइदिने गर्दथे । गोराहरूले मुखमा कालो पोतेर कालाहरू विरुद्ध ब्यङ्ग्य गर्थे ।

    आम्दानीको श्रोतसाधनबाट बञ्चित गराउँथे । यसरी पहिले आफू बसोबास गरेको ठाउँमा बस्न नसकी अमेरिकाको उत्तरी भेगको औद्योगिक क्षेत्रमा मजदुरीका लागि बसाइ सर्न थाले । यसलाई ‘ग्रेट माइग्रेसन’ भनिन्छ । यसको कार्यकाल सन् १९१६ देखि ७० सम्म रह्यो । यसरी गोरा र कालाहरूको छुट्टाछुट्टै बस्तीको विकास भयो । सिकागो, टल्सा, न्युयोर्कको हर्लिन्स, डेट्रोइट, फिलाडेल्फिया, लस एन्जेल्सजस्ता उत्तरी र दक्षिणी क्षेत्र गोराका लागि छुट्टै सहर बन्न थाले र कालाहरूमाथि दमनचक्र चलाउन थाले । यति मात्र होइन, कालाहरूलाई स्वास्थ्य र शिक्षाबाट समेत पूरै बञ्चित गरियो ।

    सन् ६० को दशकमा भियतनाम विरुद्ध अमेरिकी आक्रमणको अमेरिकी जनताबाट ठुलो विरोध भयो । यो समयमा नारीमुक्ति आन्दोलन पनि जोडदार रूपमा उठ्यो । यी आन्दोलनले कालाको मनोबल बढ्यो । उनीहरू रङ्गभेद विरुद्ध सङ्गठित र आन्दोलित हुन थाले ।

    ४. कालाहरूमाथि विभेदका विरुद्ध सङ्घर्ष
    सन् १९१४–१७ को प्रथम विश्वयुद्धपछि अमेरिकी श्वेत हतियारधारीले अमेरिकाभरि कालाहरूलाई जथाभावी मार्न थाले, जसलाई “रेड समर” भनिन्छ । दोस्रो विश्वयुद्धको अत्यपछि कालाहरूले “सामाजिक न्यायका लागि सङ्घर्ष” को दशक मनाए । मार्टिन लुथर किङ जुनियरको आई ह्याब अ ड्रिमजस्ता सङ्गठनले कालाहरूमाथि गरिने रङ्गभेद विरुद्ध अभियानमा ठुलो भूमिका खेल्यो । फिलिप रुडोल्फ, वायर्ड जस्टिन र मार्टिन लुथर किङ जुनियरजस्ता नागरिकले शान्तिपूर्ण अहिंसाका आन्दोलन सुरु गरे । २० अगस्ट १९६३ मा ऐतिहासिक रूपमा दुई लाख अश्वेतले शान्ति ¥यालीको आयोजना गरे । १९१७ को सेन्ट लुइसमा भएको अश्वेतमाथि श्वेतहरूको दमनको घटनामा राष्ट्रपति विल्सन मौन थिए । त्यस बेला अश्वेत प्रर्दशनकारीलाई ‘कम्युनिस्ट’ भनेर आरोप लगाइयो । अहिलेको जर्ज फ्लोयडको हत्यापछि कालाहरू मात्र होइन, अन्य समुदायका आम नागरिकले पनि रङ्गभेद नीतिका विरुद्ध युरोपभर प्रदर्शन गरे । कालाहरूको रङ्गभेद नीतिका विरुद्धको आन्दोलनलाई विश्वव्यापी समर्थन मिल्यो ।

    ५. जातीय विभेद, रङ्गभेद, अल्पसङ्ख्यक जातिका विरुद्ध बेलायतमा पनि सङ्घर्ष
    जर्ज फ्लोयडको हत्याले जातीय विभेद र रङ्गभेद मात्र होइन, अल्पसङ्ख्यक जातिमा आफूमाथि भएको विभेदको विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने चेतना वृद्धि भयो । पत्रकार–लेखकले समेत यसका विरुद्ध विश्वव्यापी आवाज उठाए । बेलायतमा रहेका अल्पसङ्ख्यक जातिले समेत आफ्ना लेखरचनामार्फत विभेद विरुद्धका स्वर सार्वजनिक गरे । यो समय कोभिड–१९ को महामारी थियो । कोभिड–१९ को महामारी विरुद्धको उपचार र राहतमा गरिएको भेदभाव पनि उजागर गर्ने काम भयो ।

    बेलायत सरकारले अल्पसङ्ख्यक जातिलाई कोभिड–१९ को राहतमा विभेद गरी मर्न बाध्य बनाइयो । अप्रिलको प्रारम्भमा माथिलङ्गम थियाकुमारको कोभिड–१९ को कारणले मृत्यु भयो । उनले दुई वर्षदेखि ट्वाइलेट पेपरदेखि टिब्यागको व्यवसाय गर्दथे । उनलाई पी.पी.ई. पनि दिइएन । उपचार पनि गराइएन । उपचारको अभावमा उनको मृत्यु भयो । बेलायतमा अल्पसङ्ख्यक १९.५ प्रतिशत छन् । तीमध्ये ३३ प्रतिशत सङ्क्रमित छन् । श्वेतभन्दा अल्पसङ्ख्यक १५ प्रतिशत स्वास्थ्यसेवक छन्, अल्पसङ्ख्यक कामदारको रूपमा ।

    तर तिनीहरूको हेरचाहलाई सरकारले प्राथमिकता निर्धारण गरेन । आप्रवासी स्वास्थ्यकर्मीले तिर्दै आएका वार्षिक ४०० पाउन्डको कर खारेज ग¥यो । राहत पाउनबाट बञ्चित गराइयो । कागज नभएका आप्रवासीहरू उपचारका लागि हस्पिटल नै जान सकेनन् । यो अवस्था पुँजीवादी विकसित मुलुक सबैमा देखियो ।

    पुँजीवादी–साम्राज्यवादी देशहरूले विश्वमा ‘उत्कृष्ट प्रजातन्त्र’ भन्दै दुहाइ दिईरहेका छन् र विकासोन्मुख देशमा लागु गराउन विभिन्न हत्कन्डा अपनाइरहेका छन् । यसका लागि दुवै तरिका-सैन्य आक्रमण र उदारीकरणको नाममा आर्थिक साम्राज्य, जसलाई एकाधिकार पुँजीवाद भनिन्छ-अपनाइरहेका छन् ।

    यसभित्र उनीहरूको रङ्गभेद, जातीय विभेद र अल्पसङ्ख्यकमाथि दमनका नीति पर्दछन् । यस प्रकारका नीतिबिना उनीहरूको पुँजीवादी शोषण कायम रहन सक्दैन । त्यसैले जतिसुकै ‘स्वर्ग वा उत्कृष्ट प्रजातन्त्र’ को विशेषण दिएता पनि, ‘स्वर्ग वा उत्कृष्ट प्रजातन्त्र’ पुँजीवादीका लागि मात्र हो भन्ने कुरा प्रष्ट छ । त्यसैले विश्वव्यापी रूपमा शोषित–पीडितहरू रङ्गभेद, जातीय विभेद र अल्पसङ्ख्यक समुदाय एक भई पुँजीवादी साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुको विकल्प छैन ।

    नेपालमा नवराज विकलगायतका दलितको हत्याकाण्ड सन् २०२० को उच्च जातीय विभेदको नमुना घटना हो । नेपालमा गणतन्त्र आयो, जहानियाँ राणाशासनको अन्त्य भयो (यो अन्त्य गर्न आवश्यक थियो र प्रगतिशील कदम पनि हो) तर देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक स्वरूपमा परिवर्तन आएन । त्यसैले नवराज विकले पूर्ण न्याय पाउने छैनन् । नेपालका कानुनले उच्च जातीय सामन्तीवर्गलाई नै पक्षपोषण गर्ने छ ।

    त्यसले जातीय विभेदको अन्त्यका लागि न्याय र समानताको सङ्घर्षलाई निरन्तर अगाडि बढाइरहनुपर्दछ । जबसम्म देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा परिवर्तन आउँदैन, तबसम्म नवराज विकजस्ता प्रतिनिधिमाथि उच्चजातिवाट दमन र बारम्बार हत्या भइरहने छन् । (विभिन्न श्रोतसन्दर्भमा आधारित)

     

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.