काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुभएको हो ।
मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत मागेकोमा उहाँको पक्षमा २२ मत परेको छ । सो प्रदेश सभामा ३९ सांसद छन् । ती मध्ये आजको बैठकमा ३७ सांसद उपस्थित थिए ।
प्रदेश सभामा एमाले १९, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ६ र राप्रपाका १ सांसद रहेका छन् । एमालेकै केही सांसदहरुले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको बताइएको छ ।
शाहीको पक्षमा एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेपछि प्रदेश सरकार सुरक्षित भएको हो। बुढा केपी ओली पक्षका हुन् भने अन्य सांसद माधव नेपाल पक्षका हुन्।
३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्। त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।