संयुक्त राष्ट्रसंघ । आतंकवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन् । चीनले प्रतिआतंकवादका विषयमा संयुक्त राष्ट्रसङ्घीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रले समर्थन गरेका समाचारमा जनाइएको छ ।
चीनले यहाँको सिनजियाङका उइगुर नामक समूहका विषयलाई लिएर प्रतिआतंकवादसम्बन्धी प्रस्ताव राखेको थियो ।चीनको उक्त प्रान्तका बारेमा चीनले राष्ट्रसङ्घीय विशेष सत्रमा राखेको प्रस्तावको समर्थन गरिएको संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधिले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि भ्यालेन्टिन रिबाकोभले बेलारुससहित विश्वका ५४ देशको समर्थन रहेको जानकारी उक्त बैठकमा दिएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी तेस्रो सत्रको मंगलबार बसेको बैठकमा चीनले सो प्रस्ताव राखेको थियो । उक्त बैठकमा ती देशले तत्कालै चीनको पक्षमा मत जाहेर गरेका राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि रिबाकोभले जानकारी दिए ।
उनले सो प्रस्तावको समर्थनमा आफ्ना धारणा राख्दै चीनको प्रसंशा पनि गरेको बताइएको छ । प्राप्त समाचारमा उनले चीनले मानवकेन्द्रित विकास गरेको भन्दै वर्तमानमा चीनको विकास उल्लेखनीय रहेको जानकारी पनि दिएका थिए ।
उक्त प्रस्तावअनुसार सियानजिङमा विभिन्न जातीय समूहको मानवअधिकारको संरक्षण र सम्वद्र्धनका क्षेत्रमा सहयोग पु्या-उने छ ।
सो प्रस्तावमा चीनको उक्त क्षेत्रमा जारी रहेको मानवअधिकारको विषय र अवस्थालाई लिएर विश्वका कतिपय देशले लगाउने गरेको आधारहिन आरोपको पनि खण्डन गर्दै यहाँको वास्तविक अवस्था बुझ्न सहयोग पु-याउने त्यस बैठकमा वितरण गरिएको सो प्रस्तावमा जनाइएको समाचारमा उल्लेख छ । एजेन्सी
