टेकराज भुसाल, बुटवल ।
राष्ट्रिय जनमोर्चाद्वारा प्रतिनिधि सभामा संविधान संशोधनको लागि प्रस्तुत संशोधन प्रस्तावको प्रकाशित पुस्तक ‘संविधान संशोधन विधेयक’ विमोचन भएको छ।
Advertisement
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष चित्रबहादुर केसीले पुस्तकको विमोचन गर्नुभएको हो।
विमोचनमा प्रतिनिधि सभामा उक्त संशोधन प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संशोधन प्रस्तावबारे आफ्ना धारणा राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संसद सचिवालयमा गैर सरकारी विधेयक दर्ता गराएको छ ।