कपिलवस्तु । प्रगतिशील पत्रकार संघ कपिलवस्तुले वागी उम्मेदवारी दिएकी संगठनकी सदस्य शारदा केसीलाई कारबाही गरेको छ ।
Advertisement
पत्रकार महासंघ कपिलवस्तु शाखामा संयुक्त प्यानल बनाएको प्रगतिशीलले महिला उपाध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन नमानेपछि केसीलाई कारबाही गरेको हो ।
प्रगतिशीलका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष माधव भाट क्षेत्रीका अनुसार केसीलाई सदस्यताबाट निलम्बन गरिएको छ ।
जिल्लाको समिकरणलाई जिताउन उम्मेद्वारी फिर्ता लिन गरिएको आग्रह अटेर गरेको र संगठनको विधान नीति नियम विपरित संगठनलाई आँच आउने कार्य गरेकाले कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यही २५ गते हुने पत्रकार महासंघ कपिलवस्तु शाखामा प्रेस युनियनको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सगठन, प्रगतिशील पत्रकार संघले साझा समीकरण बनाएर चुनावी मैदानमा छन् ।