बुटवल । रुपन्देही जिल्लाको शियारी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ । भेलाले यमबहादुर अर्गेजा मगरको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ ।
Advertisement
समितिको सचिव खगेश्वर गिरी, कोषाध्यक्ष मानबहादुर नेपाली तथा सदस्यहरुमा मोहन गिरी, टिका गिरी,शिवराज गिरी, शंकर पौडेल, युवराज पुन र देवबहादुर पुन, रहनु भएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देहीको सदस्य विशाल पौडेल र कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यको विषेश उपस्थिति रहेको थियो । भेलाको अध्यक्षता यमबहादुर अर्गेजा मगर र सञ्चालन खगेश्वर गिरीले गर्नु भएको थियो ।