काठमाडौं । राष्ट्रिय जनमोर्चा, सप्तरीको जिल्ला भेला आयोजक समिति गठन भएको छ । शनिबार काठमाडौंको बागबजारमा भएको एक भेलाले आयोजक समिति निर्माण गरेको हो ।
Advertisement
समितिको संयोजकमा बिनोद सरदार रहनुभएको छ भने सचिव धर्मेन्द्र चौधरी र सदस्यहरु मोहमद इर्साद अलि, भगवती सरदार र सन्तोष शाह रहनुभएको छ । भेलाले तत्काल जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
यस्तै, राजमोको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि पनि छनोट गरिएको छ । राजमोको राष्ट्रिय सम्मेलन यही चैत २४ देखि बुटवलमा हुँदैछ ।
भेलामा सहभागीहरुलाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले शुभकामना दिनु भएको थियो ।