मोहनविक्रम सिंह
कतिपय व्यक्तिहरुले ने.क.पा.(मसाल) ले गरेका अनुशासन सम्बन्धी विभिन्न कारवाहीतथा के.पी. शर्मा ओलीले गरेका कारवाहीको प्रकृति एकै प्रकारको भएको विचार प्रकट गर्ने गरेको पाइन्छ । खास गरेर ने.क.पा.(मसाल)ले गम्भीर प्रकारका अराजकतावादी वा अनुशासन विहीन कार्यका लागि पार्टीबाट निस्कासित व्यक्तिहरुले त्यस प्रकारको विचार प्रकट गर्ने गरेका छन् । त्यसरी उनीहरूले यो मत प्रकट गर्ने गरेका छन् कि उनीहरूमाथिको कारवाही पनि ओलीको कारवाही जस्तै अन्यायपूर्ण र अधिनायकवादी छ भन्ने विचार प्रकट गरेको पाइन्छ । त्यसो गर्ने बेलामा उनीहरूले ती दुबै प्रकारका कारवाहीहरूका बीचमाभएको मौलिक अन्तरमा ध्यान दिएको पाइन्न वा जानी बुझीकन उनीहरूले वास्तविकताको तोडमोड गरेर भ्रमदिने प्रयत्न गरेका छन् ।
वास्तविकता यो हो : हाम्रो पार्टीले अनुशासन सम्बन्धी गम्भीर गल्ती गरेका व्यक्तिहरुमाथि नै कारवाही गर्ने गरेको छ । ओलीको कार्यप्रणाली त्यो भन्दा मौलिक रुपले नै बेग्लै छ । त्यहाँ गम्भीर प्रकारको अनुशासन सम्बन्धी गल्ती गर्ने व्यक्तिहरुले अर्थात् ओली पक्षले नै कारवाही गर्ने गरेका छन् ।
ओली पक्षको मुख्य कमजोरी के हो ?त्यो सबैलाई थाहा भएको कुरा हो । उनले पूर्व नेकपाको बेलामा घोषित रूपले नै आफ्नो सङ्गठनको बहुमतको निर्णय नमान्ने वा आफ्नो बहुमत नभएको कारणले आफ्नो सङ्गठनका उच्च कमिटीहरुको बैठकमा नबस्ने, सार्वजनिक रुपले नै अभिव्यक्ति दिएका थिए ।हाम्रो पार्टीको स्थितित्यो भन्दा बेग्लै छ । हामीले महाधिवेशन, केन्द्रीयवा बहुमतका निर्णयहरुको उलङ्घन गर्ने मात्र होइन, तिनीहरूका विरुद्ध सार्वजनिक रुपले अभिव्यक्तिदिने, सार्वजनिक रुपले नै अनुशासन विहीन गतिविधि गर्ने तथा पार्टीको सम्पत्तिलाई हिनामिना गर्ने व्यक्तिहरूलाई नै पार्टीबाट निस्कासित गर्ने गरेका छौँ । त्यसरी स्पष्ट छ कि ती दुबै प्रकारका कारवाहीहरूका बीचमा मौलिक अन्तर छ ।
बेग्ला बेग्लै पार्टी वा संस्थाहरूका बेग्ला बेग्लै विधानवा नियम हुन्छन् । त्यस अनुसार नै त्योअनुशासन हो र होइन ? त्यो कुराको निर्धारण हुने गर्दछ । त्यस अनुसार हाम्रो पार्टीमा के अनुशासनहो र होइन, कुन प्रकारको अनशासन विहीनताका लागि कुन प्रकारको अनुशासनको कारबाही गर्ने त्यो कुराको निर्णय हाम्रो पार्टीको विधान र नियम अनुसार नै ठेगान हुन्छ ।
हाम्रो पार्टीमा अनुशासनको उलङ्घन गर्ने वा कमिटी र बहुमतको निर्णय नमान्ने व्यक्तिहरूले नै हाम्रो पार्टीले गरेका कारवाहीहरूलाई ओलीले गरेका कारवाहीहरूको समकक्षमा राखेर विरोध गर्ने गरेका छन् । कुनै कमिटी वाबहुमतको निर्णय मान्दिनभनेर सार्वजनिक रुपले नै घोषणा गर्ने र त्यही व्यक्तिले नै अरूमाथि कारवाही गर्ने ओलीको कारवाहीसित हाम्रो पार्टीले महाधिवेशन, केन्द्रीय समिति वा बहुमतका निर्णय अनुसार गरेका कारवाहीहरूलाई समकक्षमा राखेर विरोध गर्नु हास्यास्पद कुरा हो ।
नेपालका सबै वामपन्थी पार्टी वा संगठनहरू मध्ये ने.क.पा.(मसाल)ले नै माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली वाजनवादी केन्द्रीयताका सिद्धान्त अनुसार पार्टीभित्र सबैभन्दा राम्ररी अनुशासन कायम राख्नप्रयत्नगर्दै आएको छ । हाम्रो पार्टीको विधानले उच्च प्रकारको जनवादको अभ्यासकालागि स्वतन्त्रता दिन्छ । तर अन्य वुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी पार्टी वा सङ्गठनहरूमा जस्तो पार्टीभित्रका सबै मतभेदवा अन्तर विरोधहरूलाई असम्बन्धित समिति वा सार्वजनिक रुपमा लैजान मिल्दैन । अन्य पार्टीहरूले त्यसलाई व्यक्तिगत स्वतन्त्रता भन्छन् । तर हाम्रो पार्टीको विधानअनुसार त्यसलाई हामीले अनुशासन विहीनता भन्दछौँ र आवश्यकता अनुसार अनुशासनको कारवाही पनि गर्दछौँ ।
त्यस प्रकारका धेरै जसो कारवाहीहरू आन्तरिक नै हुन्छन् । तर कुनै गम्भीर अवस्थामा हामीले त्यस्ता पार्टी सदस्यहरूलाई अनिश्चितकालको लागि पार्टीको सदस्यताबाट निस्कासनपनि गर्ने गर्दछौँ ।
जुनबेला नेकपा एउटै थियो त्यो बेलापनि उनीहरूको सङ्गठन प्रणाली वा अनुशासनको स्वरुप माक्र्सवादी–लेनिनवादी प्रकारको थिएन । त्यो बेलाको उनीहरूको सङ्गठन प्रणालीको सरसरी अध्ययनबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । उनीहरूले गुटवन्दी गर्ने, मतभेदहरूलाई सार्वजनिक रुपले लैजाने वा आन्तरिक अन्तर विरोधहरूलाई सार्वजनिक रुपले सञ्चालन गर्ने गर्दथे । त्यस प्रकारको सङ्गठन प्रणालीले माक्र्सवादी–लेनिनवादी सङ्गठन प्रणालीसित मेल नखाएको कुरा प्रष्ट छ । हाम्रो पार्टीको सङ्गठन प्रणाली वाअनुशासनलाई पनि नेकपाको जस्तो बनाउने प्रयत्न नभएका होइनन् र त्यस प्रकारको प्रवृत्तिका विरुद्ध हामीले कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नुपरेको थियो । त्यो क्रममा कतिपय पार्टी सदस्यहरूलाई पार्टीबाट निस्कासितपनि गर्नुपरेको थियो । त्यस प्रकारका व्यक्तिहरूले नै अहिले उनीहरूमाथि गरिएको कारवाही ओलीले गरे जस्तो अन्याय र अधिनायकवादी भयो भनेर हल्ला गरिरहेका छन् ।
ओलीको सम्पूर्ण सङ्गठनात्मक कार्यप्रणाली निश्चित रूपले नै अधिनायकवादी प्रकारको छ । जस्तो कि माथि भनियो, पहिले नेकपाको बेलामा उनले आफ्नो सङ्गठनका बहुमत वा कमिटीका निर्णयहरू नमान्ने घोषणा गर्दै सार्वजनिक रुपले नै अभिव्यक्तिदिएका थिए । आफ्नो सङ्गठनको विधानको समेत कुनै ख्याल नगरिकन स्वेच्छाचारी प्रकारले केन्द्रीय कमिटीका सदस्यहरू थपे । उनको सत्ताको दबाबले गर्दा निर्वाचन आयोगले त्यस प्रकारको गलत कार्यबारे पनिकुनै निर्णय दिन सकेको थिएन । अहिले एमालेको पुनस्र्थापना पछि पनिउनले अन्धाधुन्दा प्रकारले कमिटी वा पदाधिकारीहरूको पुनर्गठन गर्ने वा खारेजी र वहाली गर्ने काम गरिरहेका छन् । उनको व्यक्तिवादीर स्वेच्छाचारीताको विरोध गर्ने व्यक्तिहरूमाथि नै उनले कारवाही गरिरहेका छन् । त्यस सिल सिलामा उनले संविधानको उलङ्घन गर्ने र सर्वाेच्चको सांसदको पुनस्र्थापनाको फैसलालाई विफल पार्ने वा संसदलाई नै विघटन गर्ने दिशामा योजनावद्ध प्रकारले काम गरिरहेका छन् । हाम्रो पार्टीको विधान वा महाधिवेशन र केन्द्रीय समितिका निर्णय अनुसार गरिएका अनुशासनका कारवाहीहरू तथा ओलीको कार्यप्रणालीका बीचमा मौलिक भिन्नता भएको कुरा स्पष्ट छ ।