दिनेश रैदास, दाङ ।
दाङको एक सहकारीको रमक हिनामिना गरेको आरोपमा प्रहरीले सोही संस्थाका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
Advertisement
राप्ती गाउँपलिका–२ लालमटियास्थित देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कम्प्युटर अपरेटर विक्रम राणा संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार राणा उक्त बचत तथा ऋण सहकारी संस्थामा विगत लामो समयदेखि कम्प्युटर अपरेटरको रुपमा कार्यरत थिए ।
उनले सेयर सदस्यहरूले जम्मा गरेको करोडौं रकम ह्याक गरी हिनामिना गरेको आशंकामा अनुसन्धान सुरु गरिएको डीएसपी रिजालले बताउनुभयो ।