काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । ९१ वर्षीय नेता मानन्धरको सोमबार राति ८ः२० मा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका छोरा सुनिल मानन्धरले जानकारी दिनुभयो ।
Advertisement
निमोनियबाट ग्रस्त भएपछि उहाँलाई १५ दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि उहाँको पार्थिव शरीरलाई बिहान ९ देखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका पशुपति क्षेत्रमा राखिनेछ । मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।
तत्कालिन नेपाली कांग्रेसको मुक्ति सेना भएर राणाविरोधी संघर्षमा सामेल नेता मानन्धर पछि कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएको थियो । उहाँको नेतृत्वमा रौतहटलगायतका जिल्लामा किसान संघर्ष भएको थियो ।





