काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार शोक विज्ञप्ति प्रकाशित गरी जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
Advertisement
करिब एक महिनाअघि मस्तिष्कघात भएपछि उपचाररत रहनुभएका जोशीको यही चैत १३ गते नर्भिक अस्पतालमा निधन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको यही चैत्र १३ गते मस्तिष्कघातबाट मृत्यु भएको छ । उहाँले नेपाली कांग्रेसमा गणेशमान सिंहको नजिक रहेर सकारात्मक राजनीतिक भूमिका खेल्नु भएको थियो । उहाँ एक इमान्दार र स्वच्छ छवि भएको राजनीतिकर्मी हुनुहुन्थ्यो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र उहाँको मृत्युबाट शोकसन्तप्त परिवार तथा आफन्तजनहरुप्रति समवेदना प्रकट गर्दछौं ।’





